प्रधानमन्त्रीको दम्भ, अहंकार र जथाभावी बोल्ने बानी सहमतिको प्रमुख बाधक : उपेन्द्र यादव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

माघ १२, २०७२- संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको दम्भ, अहंकार र जथाभावी बोल्ने बानीले धेरैपटक सहमति हुन लागेको विषय पनि भाँडिएको बताएका छन् ।

रंगेली झडपमा मृत्यु भएका ३ जनाको अन्त्यष्टी कार्यक्रममा भाग लिन विराटनगर पुगेका यादवले आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् ।

‘ओलीको दम्ब, अहंकार र अन्टसन्ट भनाइले धेरैपटक दलिय बैठकहरुमा पनि फाइट चल्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘गत माघ ७ गते पनि प्रधानमन्त्री ओली र कांगेस सभापति सुशील कोइरालाबीच फाइट चल्ने स्थिति आउँदा मैले सुशीलजीको हात समाएर स्थितिलाई सामान्य गरेँ ।’

उनले प्रधानमन्त्री ओली नै अहिलेको असमनजस्य स्थितिमा सबैभन्दा धेरै जिम्मेवार रहेको बताए । ‘यो सरकार मर्की सकेको छ, कुनैपनि बेला भाँचिन सक्छ,’ उनले भने, ‘तर हामी सरकार बनाउने वा गिराउने काममा भाग लिँदैनौं ।’

अध्यक्ष यादवले ओली सरकार इतिहासकै सबैभन्दा अकर्मण्य र मुलुकलाई संकटमा पार्ने सरकार भएको बताए । उनको अनुसार अहिले देशको अर्थतन्त्रपूर्ण रुपमा कालोबजारीको हातमा गइसकेको छ । ‘कालोबजारीयाको सिधा सम्बन्ध बालुवाटारसँग छ,’ उनले भने, ‘संस्थागत भ्रष्टाचारलाई सरकारले नै प्रोत्साहन दिएको छ ।’

यस्तै, उनले एकतर्फी रुपमा गरिएको संविधान संशोधनले अहिलेको संविधानको औचित्यता र जीवनतता समाप्त भएको बताएका छन् । ‘५/७ जनाले कोठमा बसेर बनाउने, आँफैले जबरजस्ती पारित गर्ने, आँफै उत्कृष्ट भन्ने र आँफै संशोधन गर्ने ?’ उनले भने, ‘यस्तो कार्यले संविधान गलत भएको पुष्टी भएको छ ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment