आजको राशिफल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

वि.सं. २०७२ साल माघ ११ गते। सोमबार। इश्वी सन् २०१६ जनवरी २५ तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– प्रतिपदा, ७:२५ बजेउप्रान्त द्वितीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesटाढिएका आफन्तहरू नजिकिनेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रयत्न गर्दा स्थायी सम्पत्ति जोड्न सकिनेछ। )
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसमयमा काम नबन्नाले आस गरेको उपलब्धि गुम्न सक्छ। विभिन्न अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले पछि परिने सम्भावना छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। पहिले गरिएका कामबाट भने लाभ हुनेछ। पठन–पाठनमा सामान्य प्रगति हुनेछ। वादविवादबाट टाढै रहने चेष्टा गर्नुहोला। समयको महत्त्वलाई ख्याल गर्दा राम्रो हुनेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआँटले काम लिन नसक्दा सहयात्रीहरूले उछिन्न सक्छन्। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले पछि परिनेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoछर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि राम्रै लाभ हुने देखिन्छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता सहजै पूरा हुनेछन्। विभिन्न भौतिक साधनहरू प्राप्त हुनाले मन प्रसन्न हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अरूलाई वचन दिने बानीले समस्या उत्पन्न हुन सक्छ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि लगनशीलताले राम्रै प्रतिफल दिलाउन सक्छ। विशेष योजना गोप्य राख्नुहोला। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioटाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। उपलब्धिले अरूको मन लोभ्याउन सकिनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने नाम, दाम र इनामले पछ्याउने समय छ। सहयोगीहरूको राम्रो साथ जुट्नेछ भने चिताएका कामहरू सम्पादन हुने समय छ। परोपकारी भावना जागृत हुनेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनेछन् भने चुनौतीहरूलाई सजिलै पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा केही चुनौतीहरू पनि देखा पर्न सक्छन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा राम्रो फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिन सक्छन्। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment