यी हुन् सस्तो स्मार्टफोनका फाइदै फाइदा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

galaxy mobile
भनिन्छ, महंगो रुन्छ एक पटक, सस्तो रुन्छ पटक पटक । यो उखान सुन्दा त यस्तो लाग्छ सबै चिज महंगो नै किनौँ । अझ स्मार्टफोनको मामिलामा त सस्तोमा हातै नहालौँ । तर यथार्थ के हो भने कम्तिमा स्मार्टफोनको सन्दर्भमा यो उखान लागु नै हुँदैन ।
सस्तो एन्ड्रोइड फोनको स्क्रिन आइफोन तथा सामसुंग एस सिक्स जस्तो उत्कृष्ट नदेखिन सक्छ । तर दुखी नहुनुस्, सस्तो मूल्यका स्मार्टफोनका पनि कैयन् फाइदा हुन्छन् । सबैभन्दा ठूलो फाइदा त यसलाई कम मूल्य पर्छ ।
सस्तो स्मार्टफोन जसको स्क्रिन रिजोलुसन कम हुन्छ त्यसले ब्याट्री पनि कम खपत गर्दछ । महंगा हाइ डेफिनिसन यी हुन् सस्तो स्मार्टफोनका फाइदै फाइदा
भनिन्छ, महंगो रुन्छ एक पटक, सस्तो रुन्छ पटक पटक । यो उखान सुन्दा त यस्तो लाग्छ सबै चिज महंगो नै किनौँ । अझ स्मार्टफोनको मामिलामा त सस्तोमा हातै नहालौँ । तर यथार्थ के हो भने कम्तिमा स्मार्टफोनको सन्दर्भमा यो उखान लागु नै हुँदैन ।
सस्तो एन्ड्रोइड फोनको स्क्रिन आइफोन तथा सामसुंग एस सिक्स जस्तो उत्कृष्ट नदेखिन सक्छ । तर दुखी नहुनुस्, सस्तो मूल्यका स्मार्टफोनका पनि कैयन् फाइदा हुन्छन् । सबैभन्दा ठूलो फाइदा त यसलाई कम मूल्य पर्छ ।
सस्तो स्मार्टफोन जसको स्क्रिन रिजोलुसन कम हुन्छ त्यसले ब्याट्री पनि कम खपत गर्दछ । महंगा हाइ डेफिनिसन स्क्रिन वाला स्मार्टफोनले धेरै ब्याट्री खान्छ । जसका कारण स्मार्टफोन चलाउँदा केही घण्टामै ब्याट्री सकिन्छ ।
महंगो स्मार्टफोन मन त निकै पर्छ तर त्यसलाई चलाउनका लागि हिम्मत भने कम हुन्छ ।
महंगो स्मार्टफोनको आकार पनि ठूलो हुँदै गैरहेको छ । यदि तपाइँलाई ठूलो स्क्रिनवाला मोबाइलको जरुरत छैन भने महंगो फोन किन खरिद गर्ने ? ठूलो स्क्रिनको मतलब हुन्छ, धेरै ब्याट्री खपत ।
महंगो फोन केवल फोन मात्र खरीद गरेर कहाँ सुख पाइन्छ र ? ब्याट्री स्वात्तै सकिने भएकाले एउटा पावर बैंक पनि खरीद गर्नुपर्छ ।
केही सस्ता तथा बजेट स्मार्टफोनमा तपाइँले नयाँ प्रकारका मिनि एसडी कार्ड हाल्ने आवश्यकता पर्दैन । तपाइँको पूरानै एसडी कार्डले काम चल्छ ।
यदि तपाइँ मोबाइल गेम धेरै  खेल्नुहुन्न र धेरथोर मात्र भिडियो तथा तस्वीर स्टोर गर्न चाहनुहुन्छ भने तपाइँका लागि यो उपयुक्त हुनेछ ।
अहिले १ सय गिगाबाइट सम्मका एसडी कार्ड सजिलै पाउन सकिन्छ र त्यसलाई तपाइँले सस्तो स्मार्टफोनहरुमा हाल्न सक्नुहुन्छ । यसो गर्नुभयो भने तपाइँको सस्तो स्मार्टफोनको स्टोरेज क्षमता आइफोनको भन्दा निकै धेरै हुनेछ ।
महंगोमा किनेको फोन हराउँदा, चोरिँदा, फुट्दा वा बिगि्रँदा कैयन् दिनसम्म भोक र निद्रा गायब हुने डर हुन्छ । तर सस्तो स्मार्टफोन हरायो, बिगि्रयो र चोरियो त के भो ? फेरि अर्को किन्नका लागि कुनै आइतबार कुर्नु पर्दैन । बीबीसी
वाला स्मार्टफोनले धेरै ब्याट्री खान्छ । जसका कारण स्मार्टफोन चलाउँदा केही घण्टामै ब्याट्री सकिन्छ ।

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment