‘महतोजी, काठमाडौं फर्किनुहोस्’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रधानमन्त्रीले गरे सदभावना अध्यक्ष महतोलाई टेलिफोन
 
पुस २७, २०७२- प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह गरेका छन् ।
मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’ क्रममा एक साताका लागि दिल्लीमा आराम गरिरहेका नेता महतोलाई प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह फोन गरेका थिए ।
‘उहााले मेरो स्वास्थ्य स्थितिको सोधपुछ गर्नुभयो,’ नेता महतोले फोनवार्ताबारे भने—‘मैंले म आफू स्वस्थ्य भैसकें, अब तपाईले देशलाई स्वास्थ बनाउनुहोस् भनेर सुझाव दिएा ।’
 प्रधानमन्त्री ओलीले राजनीतिक सहमती पहिल्याउने क्रममा ‘तपाईको खााचो छ’ भन्दै संवाद र सहमतीका लागि आग्रह गरेको महतोले बताए ।
‘सिंगो अन्तर्राष्ट्रिय समुदायले तपाई(ओली)लाई हेरिरहेका छन्, मधेश मामलामा रहेका समस्या सम्बोधन गर्न तदारुकता देखाउनुहोस् भनेको छु,”उनले भने । भारतीय गृह मन्त्री राजनाथ सिंहसाग भेटवार्ता गर्न १७ अकबर रोडस्थित सिंह निवासमा वार्तामा रहेकै बेला प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए ।
दिल्लीमा नेता महतोले राजनीतिक भेटवार्ता जारी राखेका छन् । उनले यसअघि परराष्ट्र मन्त्री सुषमा स्वाराजलार्इ पनि भेटेका थिए । उनले कांग्रेस नेताहरु डा.करण सिंह, कपिल सिब्बल र सलमान खुर्सिदसँग पनि भेटवार्ता गरेका छन् । अघिल्लो महिना भारतीय संसदमा जुटेको सहमतीअनुसार नेपाल मामलामा बस्तुगत जानकारी लिन सर्वदलीय डेलिगेसन काठमाडौं पठाउने भनिएकोमा भैरहेको ढिलाइबारे भारतीय कांग्रेसले सरकारलाई दवाब दिने भएको नेता खुर्सिदले जानकारी गराएका थिए । 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment