माछापुच्छ्रे पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

machchapuchhre-n-NCHL's-agreement
१५ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि बैंकले सम्झौता गरेको छ ।
सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र माछापुच्छ्रे बैकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरे ।
सम्झौताअनुसार क्लियरिङ हाउसले  बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालन गर्न आवश्यक आधुनिक प्रणाली उपलब्ध गराउने छ ।
यसपछि कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकको कुनैपनि खातामा भुक्तानी दिने र लिने लगायतका कारोबार सञ्चालनमा आउनेछन् ।
प्रणाली सञ्चालनमा आएपछि ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ड पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब, रेमिटेन्स लगायत भुक्तानी दिने तथा लिने सेवा थप सहज हुनेछ ।
प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार पनि सहजै गर्न सकिने र जोखिम पनि न्यून हुने कारण ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ ।
प्रणालीका लागि क्लियरिङ हाउसले ३१ बैंक तथा वित्तीय संस्था तथा एउटा रेमिट्यान्स कम्पनीसँग सम्झौता गरिसकेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment