प्रिमियरमा नायिकाको पहिरन, तर जाडो वाधक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


आफ्नै चलचित्र भएपछि नायिकालाई कार्यक्रममा फरक पहिरन र आकर्षक देखिने चुनौती हुन्छ । अझ, जाडो महिना भयो भने त नायिकाका लागि ठूलो पिरलो नै बन्न पुग्छ ।
बिहिबार बेलुकी आयोजना भएको चलचित्र पशुपति प्रसादको प्रिमियरमा पुगेकी नायिका बर्षा सिवाकोटीका लागि पनि जाडो वाधक बन्यो । तर, आफ्नै चलचित्रको कार्यक्रम भएकाले अरु भन्दा फरक देखिनु पर्ने चुनौती उनमा थियो ।
उनी कार्यक्रममा पुग्दा पत्रकारका क्यामेरा उनमा सोझिए । नायिकाले आफूले लगाएको कोर्ट खोलिन् र गाडीमै राखिन् । रेड कार्पेटमा बसेका सुरक्षागार्डले उनलाई नायिका भन्दा पनि समय भएको छैन भन्दै प्रवेश गर्न दिएनन् । पत्रकारले नायिकाको अन्र्तवार्ता लिनु छ भनेपछि मात्र सुरक्षागार्डले उनलाई स्टेजसम्म पुग्न दिएका थिए ।

नायिका क्यामेरा अगाडि मुसुक्क मुस्कान छाड्थिन् र फोटो खिचाउँथिन् । तर, काठमाण्डौमा बढेको जाडो उनका लागि वाधक बनिदियो । गाडीमा थन्काएको कोर्ट लगाउँ भने पनि फोटो नराम्रो आउने पिर, नलगाउँ भने जाडोले थरथर कमाइरहेको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment