डा. गोविन्द केसीको अनसन दुई साताका लागि स्थगित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


११ माघ, काठमाडौं । शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारबाट सुरु गर्ने भनिएको अनसन दुई साताका लागि स्थगित गरेका छन् ।
उनले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वाथ्य विज्ञान प्रतिष्ठानसवन्धी विधेयक फिर्ता गर्न सरकारलाई एक साताको अल्टिमेटम समेत दिएका छन् ।
आफ्नो पक्षमा नागरिक समाजका अगुवाहरुले हस्ताक्षर अभियान नै चलाएपछि केसीले अनसन स्थगित गरेका हुन् । उनले विधेयक ल्याएर नेपालीको स्वास्थ्यमा खेलवाड गर्न खोजेको बताए । उनले भने, यो कुनै नेता वा नामविरुद्धको होइन, वेथितीविरुद्ध लडेको हो ।’
एक सातामा विधेयक फिर्ता नभए २५ गते साँझ ५ बजेबाट अनसन बस्ने केसीले बताएका छन् । सुरुमा उनले माग पुरा नभए १८ गतेबाट अनसन बस्ने बताएका थिए । तर, उपस्थित नागरिक अगुवाहरुको आग्रहमा २५ गतको नयाँ भाका राखेका छन् ।
केदारभक्त माथेमासहित नागरिक अगुवाहरुले चिकित्सा शिक्षा आयोग गठन भएकोमा स्वागत गर्दै डा. केसीलाई अनसन रोक्न आग्रह गरेका थिए । उनीहरुले संसदमा पुगेको विधेयक रोक्न पनि माग गरेका छन् ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment