‘जिरे खुर्सानी’का ज्वाई-जेठान ‘ब्रेकफेल’को तयारीमा, मुन्द्रे अलग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

shivahari-and-kiran-kc
हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीको प्रशारण बन्द भएपछि दुखी भएका दर्शकका लागि खुशीको खबर छ । जिरे खुर्सानीका झगडालु ज्वाई-जेठान शिवहरी पौडेल (मुखाँ हान्नु जस्तो) र किरण केसी (राता मकै) नयाँ सिरियल लिएर दर्शकमाँझ आउँदैछन् ।
केसी र पौड्यालको निर्देशनमा नयाँ सिरियल ब्रेकफेलको तयारी भएको हो । यद्यपि उनीहरु नयाँ सिरियलमा पहिलेको भूमिकामा भने देखिने छैनन् । सँधै एउटै संवाद बोल्दा दर्शकलाई दिक्क लाग्न सक्ने भएर नयाँ अवधारणामा नयाँ पात्रहरु सिर्जना गरेर सिरियल बनाइएको केसीले अनलाइनखबरसँग बताए ।
जिरे खुर्सानीमा ज्वाई-जेठान बनेर खेल्दा केसी र पौडेलबीच कहिल्यै मेलमिलाप देखिएन । सिरियलमा एक-अर्काको अस्तित्वलाई दुवैले अस्वीकार गर्ने उनीहरुको सम्वन्ध वास्तविक जीवनमा भने अर्कै छ । शिवहरी आफ्नो पुरानो साथी भएको बताउने केसी आफू उनको अभिनय क्षमताबाट प्रभावित भएको बताउछन् ।
सिरियलमा झगडा गरिरहे पनि वास्तविक जीवनमा हामी मिल्ने साथी हौं,’ उनले भने, ‘नयाँ सिरियलबाट हाम्रो पुरानो सम्वन्ध अझै प्रगाढ बन्नेछ ।
शिवहरी पनि नयाँ सिरियलप्रति निकै आशावादी छन् । यसअघि जितु नेपालसँग संयुक्त निर्देशन गरेका पौडेल केसीसँगको सहयात्रा पनि फलिफापपूर्ण हुने बताउँछन् ।
समाजमा भइरहेका बिकृती र बिसंगतिलाई श्रृङ्खलाबद्ध रुपमा प्रहार गर्दै जाने योजनामा रहेकी यी कलाकारद्वयले सिरियललाई रसिक पनि बनाउने बताए ।
जिरे खुर्सानीका जितु नेपाल, जो शिवहरीसँगै सिरियलका निर्देशक पनि थिए, उनी ब्रेकफेलमा रहने छैनन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment