भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेकपा एमालेका सचेतक गोकुल घर्तीले मधेसमा जारी आन्दोलन सम्रग मधेसीहरुको नभएको बताएका छन्।
नेकपा एमाले घोराही नगर कमिटीले मंगलवार घोराहीमा गरेको माघी मिलन
कार्यक्रमलाई सम्वोधन गर्दै घर्तीले मधेसका केही जमिनदारहरुले आफ्नो
स्वार्थ पूरा गर्न आन्दोलन गर्दै आएको बताएका हुन्।
उनले मधेसवादी दलहरु आन्दोलनलाई भर्याङ वनाएर सत्तामा जाने खेलमा लागेको
आरोप लगाए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका घर्तीले मधेसमा रहेका
सामन्ती सोच भएकाहरुले वर्षाैदेखि सोझा मधेसीहरुलाई सत्ताको भर्याङको
रुपमा मात्रै प्रयोग गर्दै आएको उल्लेख गरे।
उनले संविधानले दिएको अधिकारबारे जानकारी गराउन नसक्दा मधेसमा समस्या भएको
वताए। सवै मधेसीहरुको अधिकार समेटेको भन्दै घर्तीले संविधान नपढेर हल्लाको
भरमा आन्दोलनलाई साथ नदिन आग्रह समेत गरे।
घर्तीले मधेसवादी दलहरुलाई एक मधेस एक प्रदेशको नारा छोडेर हिमाल–पहाड–तराई भन्ने नाराका साथ आउन आग्रह पनि गरे।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment