भारतीय नाकाबन्दीले डाबरलाई नेपालमा ६० करोड घाटा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

dabur-nepal
१४ माघ, काठमाडौं । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले भारतीय कम्पनी डाबरलाई ६० करोड रुपैयाँ घाटा भएको छ । नाकाबन्दीका कारण उत्पादन र वितरणमा समस्या उत्पन्न भएपछि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ देखि ४० करोड भारतीय रुपैयाँसम्म घाटा भएको डाबरका प्रमुख कार्यकारी अधिकृत सुनिल दुगडले बताएका छन् ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा ३ खर्ब १८ करोड भारतीय रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिकोभन्दा १२.६ प्रतिशतले मात्रै बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ८२ करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो ।
नाकाबन्दीका कारण नेपालमा मात्रै करिव ४० करोड भारु घाटा भएको उनले बताए । जसको असर डावर इण्डियाको मुनाफामा समेत देखिएको छ ।
डाबरका सीइओ दुगडले भारतीय अनलाइन मनीकन्ट्रोललाई नाकाबन्दीका कारण डाबरको बराबरको उत्पादन बिक्रीमा १ अर्ब ८ देखि ९ करोड रुपैयाँ घटेपछि नाफा घटेको भएको बताएका हुन् । ‘नेपालबाट निर्यात अवरुद्ध भएपछि भारत र श्रीलंकामा रहेका कम्पनीका प्लान्टबाट उत्पादन बढाएका छौं’ मनिकन्ट्रोललाई सीइओ दुगडले भनेका छन् ।
यो बहुराष्ट्रिय कम्पनीले नेपालमा विभिन्न किसिमका जुस उत्पादन गरी भारतमा निर्यात गर्दै आएको छ । भारततर्फ निर्यात गर्ने व्यापारिक नाकाहरु अवरुद्ध भएपछि कम्पनीले आफ्नो उत्पादन निर्यात गर्न नसकेको हो ।
गत असोज ४ गते नेपालमा नयाँ संविधान जारी भएपछि त्यसप्रति असन्तुष्ट भएको भारतले अघोषितरुपमा असोज ६ गतेदेखि नाकाबन्दी लगाएको थियो । जुन हालसम्म पनि खोलेको छैन । डाबर नेपालको जस्तै भारतीय नाकाबन्दीका कारण नेपालमा भएका अन्य भारतीय लगानीका कम्पनीहरुको पनि नाफा घट्ने देखिन्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment