आइप्याडमा तास खेल्नसमेत अदालतको अनुमति चाहिने !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

apple id
बुढेशकालमा सबैले हेप्छन् भन्ने कुरा सत्य नै रहेछ । क्यानडाकी एक ७२ वर्षीया विधवा महिलालाई आफ्नै आइप्याडमा तास खेल्नका लागि समेत अदालतको आदेश मागिएको छ ।
पेगी बुस नामकी ती महिलालाई आफ्नै आइप्याडमा तास खेल खेल्नका लागि समेत एप्पलले उनलाई अदालतको अनुमति लिन आग्रह गरेको हो । यो सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर एप्पलले भने आफ्नो डिजिटल लेगेसी पोलिसीको हवाला दिँदै यस्तो आग्रह गरेको थियो ।
वास्तवमा बुस आफ्नो आइप्याडमा तास खेलिरहेकी थिइन् । अचानक उनको आइप्याड बन्द भयो । त्यसपछि उनले उक्त खेललाई फेरि लगइन गर्ने कोसिस गरिन् । तर त्यसपटक भने उनीसँग पासवर्ड मागियो । उक्त एप्पल आइडीको पासवर्ड केवल उनको श्रीमानलाई मात्र थाहा थियो, जसको निधन भैसकेको छ ।
पेगी बुसका अनुसार उनलाई उक्त आइप्याडको एप्पल आइडी पासवर्डका बारेमा आफुलाई कहिल्यै जानकारी नभएको बताएकी छिन् । बुसकी छोरी डोनाले उक्त आइप्याडको एप्पल आइडी माग गर्दै एप्पलमा इमेल पठाइन् । तर एप्पलले भने नयाँ आइडी सिर्जना गर्नका लागि अदालतको अनुमति चाहिने जवाफ दियो ।
यो निकै अचम्म लाग्दो कुरा भएको डोनाले बताएकी छिन् । आफ्नो घरसम्पत्तिको नामसारी समेत मृतकको मृत्युदर्ता कागजको आधारमा गर्न सकिने भएपनि एप्पलको आइडी जस्तो सामान्य कुराका लागि अदालतको अनुमति मागिएको कुरा नसुहाउँदो भएको उनको जिकिर छ ।
त्यसपछि उनले एप्पलका सिइओ टिम कुकलाई चिठी लेखेर यो गुनासो गरिन् । पछि एप्पलले यसलाई भ्रमका कारण यस्तो असहजता उत्पन्न भएको भन्दै माफी मागेको छ । त्यसपछि ती वृद्धाका लागि नयाँ एप्पल आइडी तथा पासवर्ड दिइएको छ । – एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment