पूर्वकाव्यवसायीले गृहमन्त्रीलाई भने ‘सरकारले नै नाकाबन्दी गर्‍यो’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


गृहमन्त्री शक्तिबहादुर बस्नेत सामू पूर्वाञ्चलका व्यवासायीहरुले भारतको नाकाबन्दी इन्धन संकट चुलिएको बेला उल्टै नेपाल सरकारले पनि नाकाबन्दी गरिरहेको आरोप लगाएका छन्।
‘आएको तेलहरु चाही सिधै काठमाडौं लगिन्छ। तस्करीको तेलले उद्योग जसोतसो चलिरहेको थियो त्यो पनि प्रशासनले निगरानी गर्दा थप समस्या भइदियो,’ झापा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश बानियाले धरानमा बिहीबार पूर्वाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघले गरेको सुरक्षा विषयक अन्तरक्रियामा भने।
उनले भारतले नाकाबन्दी गरेको छ छ त्यसमाथि नेपालले नै नाकाबन्दी गरिदिँदा थप समस्या चुलिएको बताए। ‘तस्करीको तेलले २०-२५ प्रतिशतसम्म चल्थ्यो। अहिले त्यो पनि प्रशासनको कारण ठप्प छ,’ उनले प्रशासनको टिप्पणी गर्दै भने।
पूर्वाञ्चलका व्यवसायीहरुले कतिपय अवस्थामा प्रहरीहरु मुकदर्शक बनिरहेको आरोपसमेत लगाए। ‘केही दिन अघि धरानदेखि तल चारकोषेमा व्यापारीहरु लुटिए। त्यसमा अहिलेसम्म एकजना पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्। भन्दा उल्टै समात्नु भएको छ भने खबर गर्नुस् भनेर भन्छन्,’ सुनसरी उद्योग बाणिज्य संघका उद्योग सचिव गिरीधारी सापकोटाले भने।
कोशी हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईले क्षेत्रीय प्रहरीमा सुरक्षा दिनुस् भनेर जाँदा हामीसँग मेनपावर छैन भन्दै टारिरहेको यता बिराटचोकमा भने दिनदहाडै व्यापारीहरु लुटिइरहेको बताए। उनले अहिले भारतीय नाकाबन्दीको अवस्थामा राजश्वले छापा मार्दै उल्टै व्यावसायीहरुलाई दुःख दिइरहेकोसमेत बताएका छन्।
पूर्वाञ्चल उवासंघका अध्यक्ष टंक दुलालले उद्योगहरुमाथि अहिले पनि आक्रमण भइरहेको बताउँदै त्यस्ता आक्रमणकारीहरुलाई तत्कालै राज्यले पक्राउ गरी दण्डहिनता अन्त्य गर्नु पर्ने बताए। तर, यस्तो केशमा भने राजनीतिक आडमा केही दिनमै छुट्ने कारण पनि उद्योगहरुमा आक्रमण बढिरहेको बताए।
व्यापारी व्यवसायीहरुले किमाथांका नाका र ओलङचुङगोलाको नाकालाई तदारुकताको साथमा सञ्चालन गर्नको लागिसमेत माग गरेका छन्। गृहमन्त्री बस्नेतले उद्योगी व्यवसायीहरुलाई शान्ति सुरक्षा गर्ने कुरा औपचारिक मात्रै नगरी आजको प्राथमिकताको सूचिमासमेत राखेको बताए।
उनले जनताद्धारा नेपालका मूल कानुन संविधान निर्माण भइसकेकाले अवको प्राथमिकता शान्ति, शुशासन र समृद्धि रहेको बताएका छन्। देश नयाँ युगमा प्रवेश गरिसकेको सन्दर्भ उठाउँदै बिमति, असहमतिहरु वार्ता र छलफलबाटै टुग्याउनु पर्ने उनले बताएका छन्।
उनले ‘अब आफ्नो माग पूरा गराउनको लागि हतियार उठाउन तथा सडकमा भौतारिरहनु जरुरी नभएको बताएका छन्। दैनिक उपभोग्य बस्तुको अभावमा दैनिक जीवन अस्तव्यस्त नबनोस् भनेर सरकार गम्भिरतापूर्वक हेरिरहेको बताउँदै उनले असहज स्थितिमा अनुचित लाभ उठाउने खाल्को स्थिति सिर्जना नहोस् भनेर पनि सरकार उत्तिकै गम्भिर रहेको बताएका छन्।
उनले मधेश आन्दोलनमा मधेशी मोर्चाहरुको विमति र असहमतिहरु संविधानबाटै पूरा हुने भएकाले वार्ता र छलफलबाटै समस्याको निराकरण गर्नु पर्नेसमेत बताए। उनले अव राष्ट्रका प्रथमिकता र आवश्यकहरु परिवर्तन भइसकेको बताउँदै त्यही अनुसार राजनीतिक दलहरु लाग्नु पर्ने बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment