सार्वजनिक मञ्चमै देखियो प्रहरी र सशस्त्र प्रमुखको एकता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२२ पुस, काठमाडौं । वामदेव गौतम गृहमन्त्री हुँदा दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्वन्ध निकै तिक्ततापूर्ण रहृयो । अधिकार क्षेत्रलाई लिएर सुरु भएको विवादको असर फिल्डमै देखियो ।
तर, अहिले गौतम गृहमन्त्री छैनन् भने सशस्त्र प्रहरीको प्रमुखमा पनि कोषराज वन्त हटेर दुर्जकुमार राई आएका छन् । , दुई सुरक्षा संगठन प्रमुखबीच गजबको प्रेमदेखिएको छ ।
बुधबार गृहमन्त्री शक्ति बस्नेतले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, कार्यक्रमका क्रममा प्रहरी र सशस्त्र प्रहरी प्रमुख बीच देखिएको मिलाप निकै लोभलाग्दो थियो ।
सशस्त्र प्रहरीका कामु प्रमुख दुर्जकुमार राई पहिले नै कार्यक्रममा पुगेका थिए । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल केही ढीला पुगे र उनीहरु गृहमन्त्री बस्नेतभन्दा दायाँ क्रमशः अर्याल र राई बसे ।
पत्रकार सम्मेलनमा गृहमन्त्रीले आफ्नो प्रतिवद्धता पत्र वाचन गरिरहँदा उनीहरु बेला बेला एकअर्कालाई हेर्थे भने कानुखुसी पनि गरेको देखियो ।
मन्त्री बस्नेतले अन्तिमतिर पनौतीमा प्रहरी एकेडेमी निर्माणका लागि काम अघि बढाउने र मातातीर्थमा सशस्त्र प्रहरीको प्रतिष्ठान निर्माणलाई निरन्तरता दिने बताए । लगत्तै नेेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पुनरावलोकन गर्दै आवश्यकता अनुसार नयाँ दरबन्दी सिर्जना गरी चौकी स्थापनालाई प्राथमिकता दिने बताए ।
गृहमन्त्रीको यस्तो घोषणासँगै प्रहरी प्रमुख अर्याल र सशस्त्रका प्रमुख राईले एकअर्काको हात समाए खुसी व्यक्त गरे ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371758/#sthash.lx1yDIDs.QBg0GYbW.dpuf

यसअघि राईले कामु प्रमुखको जिम्मेवारी पाए लगतै सुनसरी बराह क्षेत्रमा रहेका अर्यालले बधाइ दिएका थिए । राईले फुली लगाएकै दिन अर्याल सशस्त्र प्रहरी बलको कार्यालय हलचोक पुगेर औपचारिक रुपमै बधाइ दिएका थिए । राई र अर्याल एकै ब्याचका प्रहरी अधिकारी समेत हुन् ।
 
२२ पुस, काठमाडौं । वामदेव गौतम गृहमन्त्री हुँदा दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्वन्ध निकै तिक्ततापूर्ण रहृयो । अधिकार क्षेत्रलाई लिएर सुरु भएको विवादको असर फिल्डमै देखियो ।
तर, अहिले गौतम गृहमन्त्री छैनन् भने सशस्त्र प्रहरीको प्रमुखमा पनि कोषराज वन्त हटेर दुर्जकुमार राई आएका छन् । र, दुई सुरक्षा संगठन प्रमुखबीच गजबको ‘प्रेम’ देखिएको छ ।
बुधबार गृहमन्त्री शक्ति बस्नेतले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, कार्यक्रमका क्रममा प्रहरी र सशस्त्र प्रहरी प्रमुख बीच देखिएको मिलाप निकै लोभलाग्दो थियो ।
सशस्त्र प्रहरीका कामु प्रमुख दुर्जकुमार राई पहिले नै कार्यक्रममा पुगेका थिए । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल केही ढीला पुगे र उनीहरु गृहमन्त्री बस्नेतभन्दा दायाँ क्रमशः अर्याल र राई बसे ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371758/#sthash.lx1yDIDs.QBg0GYbW.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment