उत्तरी नाका खोल्ने र सडक स्तरोन्नती गर्ने जिम्मा सेनालाई देऊ : विकास समिति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

विकास निर्माण निर्देशनालयको संगठन विस्तार र सुदृढिकरण गर्न निर्देशन
Bikas-Samiti-Meeting 
२२ पुस, काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिको बैठकले उत्तरी सीमानाका जोड्ने प्रमुख सडकहरु स्तरोन्नति गर्ने र ट्रयाक खोल्नेलगायतका काममा नेपाली सेनालाई परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाअन्तर्गतको विकास निर्माण निर्देशनालयको संगठन विस्तार र सुदृढीकरण गरी आवश्यक प्राविधिक जनशक्ति, उपकरण, तालिमलगायतका क्षेत्रमा क्षमता अभिवृद्धि गर्न पनि समितिले निर्देशन दिएको छ ।
समितिको बुधबारको बैठकमा नेपाली सेनाले सडक निर्माण तथा विस्तारमा पुर्‍याएको योगदान, समस्या र चुनौतिहरुका विषयमा बिभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेको थियो । छलफलमा रक्षामन्त्री भिम रावल तथा प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, वन मन्त्रालय, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायत सहभागी थिए ।
छलफलपछि समितिले नेपाली सेनाले विकास निर्माणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सकेसम्म छिटो उत्तरी सीमानाकाहरु तथा सडक सञ्जाल विस्तार गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई निर्देशन दिएको हो ।
हाल देशले सामना गरिरहेको अप्ठ्यारो परिस्थितिलाई छिटो भन्दा छिटो समाधान गर्न तथा भविष्यमा यस्ता समस्या आउन नदिन देशको भौगोलिक अवस्था/विकटता तथा कम समयमा धेरै कामहरु गर्नु पर्ने परिस्थिति रहेकोले उत्तरी सीमानाका जोड्ने प्रमुख सडकहरु (स्तरोन्नति गर्नु पर्ने सडकखण्डहरु समेत) को ट्रयाक खोल्ने लगायत निर्माण, स्तरोन्नति समेतका महत्वपूर्ण कार्यहरु नेपाली सेनालाई परिचालन गरी सम्पादन गर्न गराउन समिति नेपाल सरकारलाई निर्देश गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।
१५ दिनभित्र प्रगति विवरण माग
यसैगरी जग्गाप्राप्ती, मुआब्जा, रुखहरुको कटानलगायतका विविध पक्षहरुलाई सम्बोधन गर्दै नियमित प्रक्रियाबाट कार्य सम्पादन गर्दा लामो समय लाग्ने भएकोले अति महत्वपूर्ण सडक निर्माण कार्यलाई खास गरी गल्छिदेखि रसुवागढी नाकासम्मको सडक निर्माणकार्यलाई फास्ट ट्रयाक प्रक्रियामा लैजान सरकारलाई निर्देशन दिएको छ । साथै समस्या समाधान गर्ने व्यवस्था मिलाउन र युद्धस्तरमा कार्य सम्पादन गर्न सो सम्बन्धी विस्तृत कार्ययोजनाको जानकारीसमेत १५ दिनभित्र उपलब्ध गराउन समितिले सरकारलाई निर्देशन दिएको छ ।
उत्तरी सीमानाका जोड्ने सडकहरु तथा पहुँच मार्गहरुको सम्बन्धमा विभिन्न मितिमा गरेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनकालागि नेपाल सरकारलाई उपलब्ध गराइएको उल्लेखित प्रतिवेदनहरुको कार्यान्वयनको प्रगति विवरणसमेत समितिले सम्बद्ध मन्त्रालयहरुसँग समितिले मागेको छ ।
गल्छी-रसुवागढी सडकमार्गमा रहेका साना-साना घुम्तीहरु तत्काल विस्तार गर्न, यस सडकमार्ग निर्माण तथा विस्तार कार्यका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ उर्जा मन्त्रालयअन्तर्गत त्यस क्षेत्रमा निर्माणाधिन रहेका जलविद्युत आयोजनामा स्टकबाट भएपनि उपलब्ध गराउन र अन्य स्थानीय समस्याहरु तत्काल समाधान गर्न समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
 

विकास निर्माण निर्देशनालयको संगठन विस्तार र सुदृढिकरण गर्न निर्देशन - See more at: http://www.onlinekhabar.com/2016/01/371589/#sthash.8Oc3AybF.2Rkp3wxq.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment