कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचन भोलि: ५५ हजार मतदाता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२८८० प्रतिनिधि छानिने

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको चयन माघ २२ गते शुक्रबार सुरु हुँदैछ।
 
देशभरीका ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रबाट अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको चयनका गाँउ र नगरपालिका वडाबाट चयन भएर आएका ५५ हजार भन्दा बढी स्थानीय निर्वाचन प्रतिनिधिहरुले मतदान गर्नेछन्। 
 
पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार, देशभरी रहेका ४ लाख ७० हजार भन्दा बढी क्रियाशील सदस्यहरुमध्येबाट निर्वाचित भएर आएका ५५ हजार भन्दा बढी स्थानीय प्रतिनिधि भोलिको मतदानमा सहभागी हुनेछन्।उनीहरुले २ हजार ८८० महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन्। 
 
सम्भव भएसम्म शुक्रबार नै सुरु हुने क्षेत्रीय अधिवेशनमा देशभरीका ३ हजार १ सय ५७ गाविसबाट चुनिएर आएका झण्डै ३८ हजार र २ सय १७ नगरपालिकाका वडाबाट चुनिएर आएका झण्डै १७ हजार प्रतिनिधिको मतदानबाट महाधिवेशन प्रतिनिधिहरुको चयन हुँदैछ।
 
 
पार्टी विधान अनुसार, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ जना खुला र ५ जना समानवेशी प्रतिनिधित्वको आधारमा महाधिवेशन प्रतिनिधिसँगै क्षेत्रीय सभापति गरी १२ जनाको चयन हुने छ। तराइमधेसमा सप्तरीदेखि पर्सासम्म रहेका ८ जिल्लाका कतिपय गाउँ र नगरपालिकाका वडामा क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया नसकिएका कारण त्यी जिल्लाको अधिवेशन हुने क्रम जारी नै छ।
 
 सर्लाहीमा भने क्षेत्रिय अधिवेशन २५ गते हुने सांसद अमरेश कुमार सिंहले बताए। केही स्थानमा स्थानीय तहको अधिवेशन बाँकी रहेकाले २५ गते मात्रै क्षेत्रिय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन गरिने उनले बताए। 
 

यस पटकको अधिवेशनमा सभापति सुशील कोइरालाले पुनः सभापति पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरिरहेको भएपनि अहिलेसम्म उनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छैनन्। तर कोइराला पक्षकै उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरी देशभरी नै आफ्नो समूहलाई विजय गराउन लबिङ गरिरहेका छन्। जसका कारण देशभरीका अधिकांश निर्वाचन क्षेत्रमा सभापति कोइराला र देउवा पक्षका नेता तथा कार्यकर्ताबीच महाधिवेशन प्रतिनिधि चयनमा तीब्र प्रतिष्पर्धा हुने भएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment