आर्मीलाई हराउँदै एपिएफ माइभ्याली गोल्डकपको फाइनलमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



एपिएफ क्लब इलाममा जारी ‘टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । 
 
आज भएको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि दावेदार मानिएको दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए । सशस्त्रले सुरुवातमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लिएको थियो । 
 
खेलको १३ औँ मिनेटमा नै सशस्त्रका स्ट्राइकर प्रवीण स्याङ्तानले गोलको खाता खोले । उनले आर्मीका गोलरक्षक सुशील श्रीवास्तवको हातबाट फुत्केको बललाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । 
 
खेलको २४ औँ मिनेटमा एपिएफका नीरज श्रेष्ठले गणेश लावतीको पासमा गोल गरे । उनले आर्मीका गोलरक्षक श्रीवास्तव अगाडि बढेको मौकामा गोलले सजिलै जाली चुमाएका थिए । 
 
मध्यान्तरअघिनै एपिएफका श्याम नेपालीले तेस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा आर्मीका पदम तामाङले सान्त्वना गोल फर्काएका थिए । इन्ज्युरी समयमानै पुनः एपिएफका तोप विष्टले गोल गर्दै खेललाई ४–१ को स्थितिमा पु¥याएका थिए । अघिल्लो पटक थ्रीस्टारलाई पराजित गर्दै उपाधि विजेता आर्मीले यसपटक सेमिफाइनलमै चित्त बुझाउनुप¥यो । 
 
माइभ्याली गोल्डकपको उपाधि जितेको जितसँगै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आजको खेलको म्यान अफ दि म्याच एपिएफका राजेन्द्र रावल घोषित भए । रासस 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment