भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
इथियोपियाले सक्छ, हामी किन सक्दैनौं ?
विकासका कुरा गर्दा सबैले गिज्याउँछन्,देशमा १०५ वर्षसम्म कसैले नगरेको विकास गर्छु भन्दा गललल्ल हॉस्छन, गर्छुभन्दा पनि सुख नपाउने ?” प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो रटान यस्तै सुनिन्छ अचेल ।
नहाँस्नु पनि कसरी, ६-६ जना उपप्रधानमन्त्रीको त भेडीगोठ (
उपप्रममध्येकै एकको शब्द सापटी लिएर
भन्नुपर्दा ) बनाएका छन्, एउटाले राजतन्त्र पुनस्थापना भएरै छाड्छ भन्छन्, अर्काले भन्छन्-संघीयता खारेज हुन्छ, अर्का पद पाए मुल्य मान्यता सिद्धान्तलाई तिलान्जली दिने उपप्रम भन्छन्, आठवटा संघीय राज्य बनाउनुपर्छ अनि हामी बबुरोले कसले भनेको पत्याउने?कसले भनेको मान्ने?
एक कप चियाको पैसा तिरेको, एक ग्लास रक्सी खुवाएकोलाई हामी गुण सम्झन्छौं र जताजता नेता, उतै कुर्लन्छौं । हामीलाई तुच्छ वस्तु बनाएको बिर्सन्छौं । हामीले बुझ्ने कहिले ?
देशलाई लोडसेडिंग
मुक्त बनाउनेप्रधानमन्त्रीको कुरा होस् या ग्यास पाइपलाइन होस् वा रंगशाला बनाउने कुरा, यी अव्यवहारिक होइनन् भनेर मैले अघिल्लो लेख ” प्रधानमन्त्रीको बोली र सिउँडीका कॉंडा” शीर्षकमा प्रष्ट पारिसकेको छु, तथापि हाम्रो हकमा यी
कार्य गर्न सकिन्छ भन्ने आधारहरु के त ? खै संयन्त्र, परियोजना र रणनीति?
सरकारले सामान्य नागरिकले बुझ्ने खेस्रा तयार पार्न जरुरी छ, जसले गर्दा जनसहभागिता र सार्वजनिक
अभिरुचीमा वृद्धि भई सामुदायिक एवं राष्ट्रिय विकासको
मार्ग प्रसस्त होस् ।
दुईसय वर्षको इतिहास बोकेको अस्ट्रेलिया र ६ दशकको स्वतन्त्र भारतबाट केही सिक्नुपर्छ कि पर्दैन ?
हाम्रो देश सानो छ, हामी गरिब तर प्रकृतिक एवं मानवीय श्रोतका हिसाबले अति धनी । जुन देशमा कुल जनसंख्याको आधा बढी हिस्सा युवाशक्तिको छ, त्यो देश गरिब कसरी हुन सक्छ ? तर, हुँदोरहेछ त । कारण खोतल्ने र जागरुक हुने समय आएको छ ।
नेपालजस्तै भूपरिवेष्ठित तर सुन्दर देश इथियोपिया सन् २००५ अगाडिसम्म भोकमरी र
खाद्य संकटबाट ग्रस्त थियो र संसारको सबैभन्दा गरिब देश भनी चिनिन्थ्यो । त्यही देश अहिले आएर संसारमै छिटो आर्थिक वृद्धिदर हासिल गर्ने देशको
पॉंचौंनम्बरमा पर्न सफल भएको छ ।
अन्तराष्ट्रिय मुद्राकोषको प्रतिवेदन अनुसार सन् २०१५ मा इथियोपियाको आर्थिक वृद्धिदर १०.३
प्रतिशत छ । हामीजस्तै ८० प्रतिशत जनसंख्या कृषिमा
निर्भर रहेको मुलुकले सुधारिएको कृषि प्रणालीमार्फत कुल गार्हस्थ उत्पादनको ४२
प्रतिशत एवं कुल निर्यातको ८५ प्रतिशत हिस्सा ओगट्न सफल रहेको अफ्रिकन विकास बैंकको तथ्यांकमा उल्लेख छ । इथियोपियाले सक्छ भने हामी किन
सक्दैनौं ? दुईसय वर्षको इतिहास बोकेको अस्ट्रेलिया र ६ दशकको स्वतन्त्र भारतबाट केही सिक्नुपर्छ कि पर्दैन ? सोच्नेबेला यही हो
।
साठी प्रतिशत युवा जनशक्ति भएको देशमा चौरासी पुगेकाले देश हॉंक्नुपर्ने, प्राज्ञिकहरु विस्थापित भएर एसएलसी उत्तिर्णले अर्थतन्त्र सम्हाल्नुपर्ने, आफ्नो घरवारी बॉंझो राखी साहूकोमा पसीना बहाउनुपर्ने, यो कस्तो बिडम्बना ?
गगन थापाजस्ता मान्छे भाषण ठोक्न सक्छन् अगाडि सरेर नेत्तृत्व लिन सक्दैनन्, विश्वप्रकाश जस्ता मानिस चुनावमा पराजित हुन्छन् अनि कसको पो गर्नु आश ?
हुन त पढेर मात्रै पनि नहुने प्रदिप गिरी जस्ता विज्ञ लेख्न सक्छन्, गर्न केही सक्दैनन् । गगन थापाजस्ता मान्छे भाषण ठोक्न सक्छन् अगाडि सरेर नेत्तृत्व लिन सक्दैनन्, विश्वप्रकाश जस्ता मानिस चुनावमा पराजित हुन्छन् अनि कसको पो गर्नु आश ?कस्तो विडम्बना ?
इथियोपियाकै सन्दर्भलाई केलाउने हो भने पनि, वृहत आर्थिक व्यवस्थापन, दिगो बाह्य ऋण तथा अनुदान संकलन, भ्रष्टाचार नियन्त्रण, सामुदायिक
सहभागिता, युवा परिचालन, कृषि आधुनिकीकरण र जलविद्युत परियोजना आदि आर्थिक वृद्धिका मेरुदण्ड
रहेको पाइन्छ ।
यदि हामीले यति मात्रै पनि अवलम्बन गर्न सक्यौं भने पनि दोहोरो अंकको आर्थिक
वृद्धिदर तथा स्वावलम्बी नेपाल बनाउन सक्छौं भन्ने कुरामा कुनै दुइमत नहोला । साथै सुरक्षित लगानीको प्रत्याभुति गराई युवा स्वरोजगार कार्यक्रममार्फत
न्यून ब्याजदरको ऋणसहित सहुलियत दरको व्यवसाय विमा र नि:शुल्क या न्यून शुल्कको स्वास्थ्य विमानीति तर्जुमा मात्रै गर्न सके पनि दैनिक हजारौंको संख्यामा विदेशिने क्रम
रोकिन्थ्यो, र विस्तारै देशले विकासको गति तय गर्थ्यो ।
अर्कोतर्फ सूचना प्रविधिको
यो फराकिलो युगमा देशलाई फिलिपिन्स र भारत (जहॉं
क्रमस १३ लाख र १० लाखभन्दा बढी मानिसहरु कल सेन्टरमा रोजगाररत छन्)जस्तै कल सेन्टरको रुममा विकसित गर्न सके पनि लाखौं रोजगारीका अवसरहरु सिर्जना
हुन्छन् ।
त्यस्तै प्रवासी नेपाली एवं स्वदेशी सबैको पुँजी एकतृत गरी संयुक्त जलविद्युतमा लगानी गर्न सके पनि देशको कॉंचुली फेर्न धेरै समय भने लाग्दैन ।
यस्ता सयौं विकल्पहरु हुँदाहुँदै निरिह हुनुपर्ने बाध्यता किन ? आफ्नो भन्दा धेरै माथि राष्ट्रको बारेमा
सोच्ने र निसंकोच आर्थिक क्रान्ति गर्न सक्ने त्यो
युगपुरूषको प्रतिक्षामा छौं ।
इथियोपियाले सक्छ, हामी किन सक्दैनौं ?
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment