शनिबार नाकाबन्दी हट्छः अध्यक्ष दाहाल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पोखरा– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित भएपछि नाकाबन्दी अन्त्य हुने बताएका छन्। 
संसदबाट शनिबार संविधान संशोधन विधेयक पारित भएपछि अहिलेको नाकाबन्दी हट्ने उनले ठोकुवा गरे। 'संविधान संशोधनले मधेश आन्दोलन रोकिन्छ र नाकाबन्दी पनि हट्छ,' पोखरामा शुक्रबार पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भने। संघीय प्रदेशको सीमांकनको विषयमा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र विवाद मिलाउने उनले बताए।

भारतले लगाएको नाकाबन्दी सम्मानजनक र कुटनीतिक ढंगले अन्त्य हुने उनले बताए। 'कुटनीतिक तवरबाट सम्मानजनक ढंगले नाकाबन्दी खुलाउने प्रयास भइरहेको छ,' उनले भने, 'संविधान संशोधन पारित भएपछि तराई आन्दोलन रोकिन्छ।'

ओलीको बचाउ

एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको बचाउ गरेका छन्। प्रधानमन्त्री ओलीका कारण मधेसी मोर्चासँग सहमति नभएको भन्ने आरोपलाई अध्यक्ष दाहालले अस्विकार गरे। 'ओली बाधक रहेको भन्ने भनाइ सत्य होइन। आन्दोलनरत दलका माग पूरा गराउन क्याविनेटले नै निर्णय गरेको छ,' उनले भने, 'त्यसैले प्रधानमन्त्रीलाई बाधक भनेको सत्य होइन।'

उनले सरकारमा जाने र आउने आवश्यकता नभई राष्ट्रिय सहमतिक आवश्यक रहेको बताए। नेपाली कांग्रेस समेत सरकारमा सहभागी भए संविधान कार्यन्वयन गर्न सहयोग पुग्ने उनले बताए। 'भूकम्पबाट गति लिन पनि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ। कांग्रेस र मधेसी मोर्चा सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ,' उनले भने।

रंगेली घटना दुखद रहेको उनले बताए। 'यो घटनाले उग्ररुप लिन नपाओस, सद्भाव विथोलिन नपाओस भनेर मैले पनि सम्बन्धि निकायलाइ निर्देशन दिएको छु,' उनले भने, 'यही घटनाको कारण समझदारि विथोलिन दिनुहुन्न ।' द्वन्द्वकालिन मुद्दा उठेकोमा आफू गम्भिर भएको उनले बताए । द्वन्द्वकालिन मुद्धा अहिले प्रश्नचिन्ह बनेको उनले बताए। 'यसलाई हल्का रुपमा लिनुहुन्न। एमाओवादी मात्र नभई सुरक्षा फौज पनि यसमा जोडिन्छ,' उनले भने, 'सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत यसलाई हल गर्नुपर्छ।' 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment