नम्रता जति आत्मिय मेरो लागि अरु नायिका छैनन् : नायक आर्यन सिग्देल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 काठमाडौं, ७ माघ । पछिल्ले समय नेपाली सिन नगरीमा दिनेश राउतद्धारा निर्देशित चलचित्र क्लासिकको निक्कै चर्चा छ । गीत संगीत तथा ट्रेलरका कारण मात्रै होईन व्यानर र टिमका कारण पनि क्लासिक चर्चामा छ । चलचित्र नोभेम्बर रेनबाट निक्कै चर्चामा रहेको जोडी नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडी यो चलचित्रमा पनि दोहोरिदै छन् । आर्यन नम्रताको जोडीका कारण पनि चलचित्र बजारमा फिल्म चर्चामा छ ।
आर्यन र नम्रता दुबै यो चलचित्रमा दृष्टिविहिन जोडीका रुपमा देखिदै छन् । यो चलचित्रमको भूमिकाका लागि नायक आर्यनले निक्कै मेहनत गरेका छन् । उनले चलचित्रका लागि दृष्टिविहिनहरुको रहनसहन, जीवन शैली लगायतका कुराको अध्ययन गरेका छन् । फिल्ममा अभिनय गर्न दृष्टिविहिनहरुको जीवन शैली अध्ययन गर्दैगर्दा आर्यनले आँखा देख्नेहरुले भन्दा रंगीन संसारको झन ठुलो र राम्रो महशुस दृष्टिविहिनहरुले गर्दा रहेछन् भन्ने बुझे । 
नोभेम्बर रेन पछि जोडीका रुपमा पर्दामा देखिन क्लासिकमा पनि उनले नम्रतालाई रोजे । नम्रता आत्मिय आफ्नो भूमिकामा डुबेर अभिनय गर्ने क्षमता राख्ने कलाकार भएका कारण नै नम्रतालाई रोजेको बताउँने आर्यनलाई सिने नगरिमा नम्रताजति आत्मिय अरु लाग्दैन । भलै अभिनय क्षमतामा राम्रो दख्खल राख्ने नायिका अरु पनि छन् उनको नजरमा ।
राम्रो क्षमता मात्रै भएर पनि सँगै काम गर्न सजिलो नहुने बताउँने आर्यनलाई करिव ४५ दिनको सुटिङमासँगै काम गर्दा सँगै काम गर्ने कलाकार आत्मिय भैदिए भने काम पनि राम्रो हुने बताउँछन् । उनी आफूले गर्ने अरु राम्रो प्रोजेक्टमा पनि नम्रतासँगै काम गर्ने बताउँछन् । अन्य चलचित्रभन्दा क्लासिकलाई लिएर उनी निक्कै उत्साहित छन् ।
सिम्पल लभस्टोरीमा निक्कै राम्रो बनेको चलचित्रको प्रोमो तथा गीतसंगीत हेरेर मन पराएका सबै दर्शकले चलचित्र हेर्छन् भन्ने उनको आत्मविश्वास छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment