प्रिन्स नरुलाले जिते ‘बिग बोस ९’ काे उपाधी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


टेलिभिजन शाे ‘बिग बोस ९’ मा प्रिन्स नरुला विजयी बनेका छन् । प्रिन्सका अलावा ऋषभ सिन्हा, मन्दाना करिमी र रोशेल मारिया राव फाइनलमा पुगेका थिए । ऋषभ यस सिजनको उप विजेता बनेका छन् ।
 
सलमान खानले होष्ट गरेको उक्त ‘शो’ मा प्रिन्सलाई ३५, १८, ९०९ र उप विजेता ऋषभलाई ३४, ०१, ८८९ भोट प्राप्त भएको थियो । प्रिन्सले ३५ लाख भारु पनि हात पारेका छन् । 
 
प्रिन्स एमटिभीबाट प्रसारण हुने ‘रोडिज एक्स २’ मा समेत विजयी बनेका थिए । उनले मिस्टर पञ्जावमा समेत सेकेन्ड रनरअपको उपाधी जितेका थिए ।
 
केही दिनअघि बिग बोसमा ‘टेरो कार्ड रिडर’ मोनिका बदनानी पुगेकी थिइन् । उनले मन्दना करिमी विजयी हुने भविष्यवाणी गरेकी थिइन् । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment