यो वर्ष धानको जस्तै गहुँको पनि उत्पादन घट्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Gahubali

१३ माघ, काठमाडौं । आत्मनिर्भरताको बहस चलिरहेका बेला कृषि विकास मन्त्रालयले याे वर्ष गहुँको उत्पादनमा पनि कमी आउने अनुमान गरेकाे छ ।
कृषि विकास मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा कृषि विकास मन्त्री हरिबोल गजुरेलले किसानहरुलाई समयमा नै आवश्यक मात्रामा बीउ र रासायनिक मल उपलब्ध गराउन नसकेको र  समयैमै पानी नपरेकाले गहुँको उत्पादन घट्ने देखिएको बताए ।
मन्त्रालयले गहुँको उत्पादनमा कतिले कमी आउँछ भन्ने अनुमान भने सार्वजनिक गरेन । गतवर्ष १८ लाख ८३ हजार टन गहुँ उत्पादन भएको थियो । यो वर्ष धानको उत्पादन पनि घटेको थियो ।
धान र मकैपछि तेस्रो धेरै परिमाणमा फल्न बाली गहुँ हो । मधेश आन्दोलनका कारण रासायनिक मलको सहज आपूर्ति नहुँदा यो वर्ष धानको उत्पादन समेत १० दशमलव २२ प्रतिशत अर्थात ४ लाख ८९ हजार टनले घटेको छ ।
कृषिमन्त्री गजुरेलले धानको उत्पादन घटेको तथा गहुँको उत्पादन पनि घट्ने देखिएकाले मन्त्रालयले खेतीयोग्य जमिनलाई अब बाँझो नराख्ने अभियान संचालन गर्ने बताए ।
आवश्यकता अनुसारको उत्पादन नहुँदा नेपालले गत वर्ष १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कृषिजन्य सामग्री आयात गरेको थियो ।
मन्त्री गजुरेलले खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बनेको २७ बुँदे प्रतिबद्धता कार्यान्वयनको लागि विस्तृत कार्ययोजना कार्यान्वयन थालेको बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment