भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
अर्थमन्त्रीले भने-धैर्य गर्नुस्, सरकार साथमा छ
अर्थमन्त्रीले
भने-धैर्य गर्नुस्, सरकार साथमा छ
२८ पुस, काठमाडौं । भारतले गरेको नाकाबन्दी र
मधेसी मोर्चाको आन्दोलनका कारण मुलुकभर २२ सय उद्योग बन्द भएको व्यवसायीले बताएका छन् । उद्योग व्यवसायहरु बन्द हुँदा ४ लाख बढी कामदारको रोजिरोटी
गुमेको छ ।
उद्योग वाणिज्य महासंघले मंगलबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमी सौरभ
ज्योतिले यस्तो तथ्य पेश गरेका हुन् ।
महासंघको राजश्व समितिका सभापतिसमेत रहेका ज्योतीले भने- ‘तराई/मधेसमा १५२ दिनदेखि बन्द हडताल जारी
छ, जसले ठूलो आर्थिक क्षति भएको छ ।
तराई आन्दोलन र नाकाबन्दीले निजी क्षेत्रमा ३ खर्ब ४ अर्ब नोक्सानी भइसकेको ज्योतिले बताए ।
महासंघले एक दिनको बन्दबाट दैनिक दुई अर्बको नोक्सानी
हुने तथ्य पेश गर्दै आएको छ । भूकम्पले भन्दा तराई आन्दोलन र नाकाबन्दीले ठूलो क्षति पुगेको उनको दाबी छ । ‘विनाशकारी भूकम्पले २० प्रतिशत जनता र १४ जिल्लामात्र
हल्लाएको थियो’ सभापति ज्योतिले भने- ‘नाकाबन्दी र बन्द हडतालले शत् प्रतिशत जनता र सिंगो नेपाल हल्लाएको छ ।’ उनले अहिलेको संकटलाई ‘आर्थिक भूकम्प’को संज्ञा दिएका छन् ।
सम्पूर्ण आर्थिक क्षेत्र ठप्प हुँदा मुलुकको अर्थतन्त्र फ्री फल भइरहेको बताउँदै ज्योतिले भने- ‘फ्री फल भइरहेको अर्थतन्त्रलाई बचाउन हामीसँग प्यारासुट छैन ।’ मुलुकको अर्थतन्त्र जोगाउनका लागि सरकार, निजी क्षेत्र लगायत सबै एकजुट हुनपर्ने उनले जोड दिए । नाकाबन्दी र तराई आन्दोलनले ३१ प्रतिशत
व्यापार घटेको ज्योतिले बताए ।
पाँच महिना आर्थिक क्षेत्र ठप्प हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन -जीडीपी) वृद्धिदर ०.९
प्रतिशत माइनसमा झरेको तथ्यांक प्रस्तुत
गर्दै ज्योतिले अझै एक महिना यही अवस्था रहिरहेमा जीडीपी वृद्धिदर -२ प्रतिशत पुग्ने दाबी गरे ।
भूकम्पले प्रभावित भएको अर्थतन्त्रलाई बन्द हड्तालले झनै तहस-नहस पारेको भन्दै ज्योतिले छिटो
समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरे । ‘उद्योग कलकारखाना र व्यापार व्यवसाय सबै
ठप्प छ, बेरोजगारी बढेको छ’ ज्योतिले भने- ‘यो समस्याबाट तत्कालै मुक्त हुन नसके गम्भिर संकटमा फस्ने छौं ।’
भूकम्पले ७ लाख नेपालीलाई र अहिले जारी बन्द हड्तालले थप ७
लाखलाई गरीबीको रेखामुनि पारेको ज्योतिको दाबी छ ।
पुनरुद्धार कोष
प्रभावकारी बनाउँ
महासंघका बैंक तथा वित्तीय समितिका सभापति शंकरप्रसाद पाण्डेले आर्थिक पुनरुद्धार
कोषलाई प्रभावकारी बनाउनुपर्ने बताए । सरकारले ऋण मिनाहाभन्दा पनि पुर्नकर्जामा जोड दिनुपर्ने उल्लेख गर्दै उनले ‘वर्किङ क्यापिटल’ घटेको बेलामा यसले राहत दिने बताए ।
लामो समयदेखि कारोबार ठप्प हुँदा धेरै उद्योगी व्यवसायीको आर्थिक अवस्था दयनीय भएको हुँदा
पुनरुद्धार कोषबाट पाउने सहुलियत ऋणले ‘सर्भाइभ’ हुनका लागि सहयोग
पुग्ने पाण्डेको भनाइ छ ।
पाण्डेले बैंकको किस्ता र ब्याज तिर्ने समयावधि ३ महिना थपिदिन सरकारसमक्ष आग्रह
गरेका छन् । ब्याज र किस्ताको ‘रि-सेडुलिङ’ गरेमा उद्योगी व्यवसायीलाई काम गर्न धेरै
सजिलो हुने उनले स्पष्ट पारे । ‘अहिले मुलुकको अर्थतन्त्र भत्किन लागेको
माटोको घरलाई टेको लगाएर अडाएजस्तो छ’ पाण्डेले भने- ‘कुनबेला भत्किने हो थाहा छैन, बेलैमा सजग हुनुपर्छ ।’
व्यवसायीहरुले ७० प्रतिशत समान भित्रिने वीरगञ्ज नाका तत्कालै खुलाउन सरकारलाई
सुझाव दिएका छन् । वीरगञ्जमा दैनिक १६ घण्टासम्म लोडसेडिङ भइरहेको बताउँदै अन्य स्थानमा झैं १०/१२ घण्टामा झार्न सरकारसँग आग्रह गरे ।
धैर्य
गर्नुहोस्-अर्थमन्त्री
उद्योग व्यवसायीका कुरा सुनिसकेपछि अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको समस्या समाधान
गर्न सरकार गम्भीर रहेको भन्दै धैर्य गर्न आग्रह गरे
। उनले भने, ‘निजी क्षेत्रलाई परेको समस्या समाधान गर्न सरकार गम्भीर छ, धैर्य गर्नुहोस् ।’
निजी क्षेत्रले प्रतिवेदन बुझाएको हप्ता दिनभित्रै आर्थिक पुनरुद्धार कोष खडा
गर्ने निर्णय भइरहेको अर्थमन्त्रीको भनाइ थियो । निजी क्षेत्रले भोगेको समस्याप्रति गम्भिर हुँदै सरकारले तत्कालै कार्यविधि बनाएर पुनरुद्धार कोष
खडा गर्न लागेको उनले बताए ।
अर्थमन्त्री पौडेलले तराई-मधेसमा जारी आन्दोलन र नाकाबन्दी
छिट्टै अन्त्य हुने दाबीसमेत गरे ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment