के छ मधेसी मोर्चाको ६ बुँदे प्रस्तावमा ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रस्ताव सहमतिको आधार बन्ने तीन दलको निष्कर्ष
Three-party-and-Morcha-barta
४ माघ, काठमाडौं । पाँच र छबुँदे प्रस्ताव आदान प्रदान गरेका प्रमुख तीन दल र मधेसी मोर्चा सहमतिको विन्दु खोज्न जुटेका छन् ।
सोमबार बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसी मोर्चाले अघि सारेको छबुँदे प्रस्तावबारे छलफल भएको छ । तीन दलका नेताहरुले मोर्चाको प्रस्ताव सहमतिको आधार बन्न सक्ने निष्कर्ष निकालेका छन् ।
तर, अहिले नै निर्णय गर्ने अवस्था नभएको भन्दै थप छलफल गर्न तीन दल र मधेसी मोर्चाको कार्यदललाई दिइएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने-पहिलो पटक मधेसी मोर्चाले लिखित प्रस्ताव ल्याएको छ । यो धेरै सकारात्मक छ ।’
मोर्चाको प्रस्तावमा केके गर्ने भन्नेबारे थप छलफल आवश्यक भएको तीन दलको निष्कर्ष छ ।
यस्तो छ मोर्चाको छ बुँदे प्रस्ताव
मधेसी मोर्चाले आइतबारको कार्यदलको बैठकमा छबुँदे प्रस्ताव राखेको थियो । स्रोतका अनुसार मोर्चाको अघि सारेको छबुँदा मध्ये केहीमा तीन दलले सहमति जुनाउन सकेका छैनन् ।
प्रस्तावको पहिलो बुँदामा मधेसी मोर्चाको ११ मागलाई सम्बोधन गर्न सीमांकन हेरफेर गनर्ेे र त्यसका लागि राजनीतिक संयन्त्र बनाउने उल्लेख छ । यस्तो संयन्त्रले राज्य पुनःसंरचना आयोग, समिति र सम्वाद समितिमा आएका प्रस्तावहरुलाई आधारमा मान्ने दोस्रो प्रस्ताव छ ।
तेस्रोबुँदामा राजनीतिक संयन्त्रले दिएको प्रतिवेदन निश्चित दिनभित्र कार्यान्वयन गर्ने उल्लेख छ । चौथो बुँदामा संयन्त्रको टीओआर प्रस्ताव गरिएको छ । जसमा सहमतिका आधारमा निर्णय गर्ने लगायत छन् भने संयन्त्रलाई संविधानको अनुसूचीमा राख्ने मोर्चाको प्रस्ताव छ ।
पाँचौबुँदेमा राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय उल्लेख छ । स्रोतका अनुसार मधेसी मोचाले प्रत्येक प्रदेशलाई न्यूनमत ५ सिट राखेर बाँकी जनसंख्याका आधारमा गर्ने प्रस्ताव गरेको छ । हाल संविधानमा सबै प्रदेशबाट समान प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
मधेसी मोर्चाको छबुँदेको अन्तिम बुँदामा मधेसमा भएको आदोन्दालनका क्रममा घटनाको छानविन गर्न न्यायीक आयोग गठनको विषय छ । आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेको उपचार लगायतका विषयलाई पनि मोर्चाले यसमा अघि सारेको छ ।
कहाँ मिल्न बाँकी ?
यसअघि तीन दलले सीमांकनबारे निर्णय गर्न संयन्त्र गठनसहित पाँचबुँदे प्रस्ताव गरेका थिए । तीन दलको प्रस्ताव अनुसार सीमांकनबारे निर्णय गर्न संयन्त्र गठनका लागि मधेसी मोर्चा सहमत भएको छ ।
यस्तो संयन्त्रलाई बैधानिकता दिन संसदबाट दुई तिहाइले अनुमोदन गर्ने वा संविधानमा अनुसूचीमा राख्ने बहस भइरहेको छ । तीन दलले संसदले अनुमोदन गर्ने प्रस्ताव अघि सारेका छन् ।
तर, मधेसमा दुई प्रदेश हुन्छ भनेर अहिले नै उल्लेख गर्न प्रमुख दलहरु सहमत भएका छैनन् । उच्च स्रोतले अनलाइनखबरलाई भन्यो-‘यसमा मधेसी मोर्चा पनि लचिलो हुने देखिन्छ । विन-विन (दुवैले जित्ने) सहमतिको सन्देश दिने भाषा खोज्न सकिन्छ र त्यसमा प्रयत्न भइरहेको छ ।’
तीन दलले मोर्चाले अघि सारेको छबुँदको पहिलो नम्बरमा पनि भाषिक परिमार्जन खोजेको छ । तर, नेताहरुले मधेसी मोर्चा लचिलो भएकाले आएकाले सहमति जुट्ने दाबी गरेका छन् ।
आइतबार संसदको बैठक १ बजे बोलाइएको छ । त्यसअघि नै सहमतिको प्रयास हुने बताइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment