संविधान संशोधनले नाकाबन्दी खुलाउन सहयोग गर्ने बानको विश्वास

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ban ki moon
१३ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको संविधानमा भएको संशोधनको स्वागत गरेका छन् । यसले नाकाबन्दी खुलाउन सहयोग गर्ने उनको विश्वास छ ।
महासचिव बानका प्रवक्ताले संविधानमा भएको संशोधनको बानले स्वागत गरेका बताएका हुन् । यसलाई बानले संवैधानिक व्यवस्थामा भएको मतभेदहरु हटाउन महत्वपूर्ण कदम भनेका छन् ।
‘यो सकारात्मक विकासक्रमले सीमा नाकाहरुबाट आपूर्ति सहज बनाउन सहयोग पुग्ने बानको आशा छ,’ प्रवक्ताले भनेका छन् । महासचिव बानले सबै पक्षलाई लचिलो हुन र वार्ता र सम्वादबाट सहमति खोज्न आग्रह गरेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment