भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
३ माघ, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधान हुन्छ भनेकाले आफू काठमाडौं आएको बताएका छन् ।
बिराटनगर झडपमा घाइते भएर उपचारका लागि दिल्ली गएका मधेसी मोर्चाका नेता महतो आइतबार स्वदेश फर्किएका छन् ।
दिल्लीबाट सोझै मधेस जाने योजना भएपनि प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं आएको उनले बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोर्चाका महतोले भने-सिधै मधेस जान्थेँ, प्रधानमन्त्रीले फोन गरेर तपाई काठमाडौं आउनुस्, समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यही आशा लिएर आएको छु ।’
महतोले आइतबार साँझ नै प्रधानमन्त्री ओलीलाई भेट्दैछन् भने सोमबार कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ । उनले भने-‘प्रधानमन्त्रीले समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यस अनुसार होस् ।’
आफूहरु पनि समस्या समाधान होस् भन्ने पक्षमा रहेको भन्दै उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन गर्नु पर्ने बताए । अहिलेसम्म सहमति हुन्छ भन्ने प्रधानमन्त्री र तीन पार्टीको हातमा रहेको उनले बताए । सदभावना अध्यक्ष महतोले भने-समस्या समाधान हुन्छ भनेर काठमाडौं आएको हुँ । आशा र विश्वास अनुसार काम होस् ।’
तर उधारो वा गठिने सहमति मान्य नहुने उनले बताए । संविधान संशोधन गर्न समय लाग्ने भन्दै उनले मधेेसको माग अनुसार सीमांकन हुन्छ भन्ने सुनिश्चितता दिलाउनु पर्ने बताए ।- See more at:
0 comments:
Post a Comment