भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
मेची भन्सार कार्यालय काँकडभिट्टामा विगत चार वर्षदेखि राजस्व असुलीको वृद्धिदर घट्दै गएको पाइएको छ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रत्येक आवको साउनदेखि पुस मसान्तसम्मको तुलना गर्दा आव २०६८/६९ मा लक्ष्यको १ सय ३५ प्रतिशत (दुई अर्ब ४४ करोड ४८ लाख १६ हजार रुपैयाँ), आव २०६९/७० मा लक्ष्यको १०६ प्रतिशत (दुई अर्ब ९९ करोड ३३ लाख ५३ हजार रुपैयाँ), आव २०७०/७१ मा लक्ष्यको १ सय १३ प्रतिशत (चार अर्ब ४९ करोड १३ लाख ६० हजार रुपैयाँ) र चालु आवको पुस मसान्तसम्ममा लक्ष्यको १ सय २ प्रतिशत (पाँच अर्ब सात करोड २१ लाख ४२ हजार रुपैयाँ) राजस्व सङ्कलन भएको देखिएको छ।
राजस्व सङ्कलनको रकम बढेको पाइए पनि वृद्धिदर भने विगतको तुलनामा घट्दै गएको भन्सार कार्यालयले जनाएको छ। रासस
0 comments:
Post a Comment