'सिमसिमे पानीमा...' गायिका रेखा शाह प्रहरी हिरासतमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


‘सिमसिमे पानीमा…’ बोलको गीतले ख्याती बटुलेकी गायिका रेखा शाह पक्राउ परेकी छन्। उनलाई ठगीको आरोपमा प्रहरीले आइतबार बेलुकी उनका श्रीमान् इन्द्र गुरूङ् सहित पक्राउ गरेको हो ।
शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नाम गरेका व्यक्तिलाई पैसा लगानी गरेको र पैसा उठाउन काफ्लेका बाबु सुवासराज काफ्लेलाई शाह दम्पत्तीले धम्काएपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। कार्यालयमा गायिका शाहले एसएसपी विक्रमसिंह थापासँग 'यो केस पुलिसले हेर्ने मिल्दैन' भनी चर्काचर्की गरेपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो।
रेखासित व्याजमा लिएको पैसा तिर्न नसकी सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले उनका बुवा सुवासराजसित ताकेता गर्दै रकम बुझाउन दबाब दिएकी थिइन्। प्रहरीका अनुसार रेखासँग सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी छ। एसएसपी थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकरी दिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment