बाबुरामले कम्युनिष्ट सिद्धान्त छोडेः महरा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


नाकाबन्दी अब विस्तारै अन्त्य हुने सम्भावना छ। तर नखुल्दासम्म खुलिसक्यो भन्न सकिदैन,’ कार्यकर्ता प्रशीक्षणका लागि रोल्पा आएका एमाओवादी महासचिव कृष्णबहादुर महराले भने।
‘केहि कमी कमजोरी भए पनि हामीले संविधान बनाएका छौ। तेस्रो पार्टी भए पनि यो पहल कदमी हाम्रो हो, भन्ने दाबी गर्दछौ,’ महराले थपे।
बाबुराम भट्टराईले कम्युनिष्ट सिद्धान्त छोडेको महराले आरोप लगाए। ‘उहाँले कम्युष्ट सिद्धान्तै छोडेर नवउदारवाद तर्फ हिड्नुभएको छ। कम्युनिष्ट विचारधाराभन्दा पर वुर्जुवा र पूँजिपति वर्गसँग मिलेर हिड्नुभएको छ। मार्क्सवादभन्दा बाहिर जानु भयो,’ एक प्रसंगमा महराले थपे।
‘वैद्यहरू संविधानसभाभन्दा बाहिरको शक्ति हो। यो संविधानमा केही पनि छैन, बनाउनु नै बेठीक हो, भनिरहनुभएको छ। हामी यही संविधान कमि कमजोरीसहित ठीकै छ भन्दैछौं। यसैलाई लागू गर्दै जानुपर्छ भन्नेमा छौँ। बिचको बिन्दु खोज्दैछौं। सायद एकीकरण हुन्छ। यस विषयमा छलफल चलिरहेको छ,’ वैद्य पक्ष माओवादीसँग एकीकरणका बारेमा महराले भने।
क्रान्तिकारी पत्रकार संघ रोल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा महराले अहिलेको सरकारको मुक्तकण्ठले प्रसंशा गर्न नसकिने बताए।
‘अख्तियारले मलाई चिठी लेखेको छ। किन लेख्यो थाहा छैन। मुद्दा लगाएको पनि छैन। केही कुरा अनुसन्धान गर्नुपरेकोले हाम्रो अफिसमा आइदिनुहोला भनेर पत्राचार गरेको थियो। गएर फारम भरेर आएको छु,’ अख्तियारको आरोपको बारेमा महराले भने।
‘बाहिर सुने अनुसार ४६ करोड रूपैयाको कुरा हो। त्यो मैले बुझेको साँचो हो। २०६३ मंसिरदेखि चैतसम्म जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा बस्ने समयमा बुझेको हो। प्रचण्ड, बाबुराम भूमिगत थिए। म वार्तामा भएकोले मैले बुझेको हो। बाहिर सुने अनुसार यसैलाई विषय बनाएर मुद्दा छ। मुद्दा लाग्दैन। लागे पनि आपत्ती छैन,’ महराले थपे, ‘यो राजनीति हो। यसभित्र राजनीति षडयन्त्र छ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment