शिक्षित बेरोजगारको चरम रुपः भुइँ बढार्ने जागिरका लागि एमबीए र बि टेक पास गरेकाको दरखास्त

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

vacancy
भारतमा शिक्षित बेरोजगारहरुको अवस्था निकै दर्दनाक रहेको बारेमा यसअघि पनि विभिन्न समाचार आउने गरेका छन् । चपरासी पदका लागि पिएचडी गरेका उमेद्धारले दरखास्त हालेको र केही सय पदका लागि लाखौँको आवेदन परेको समाचारले केही महिना अघि अन्तराष्ट्रिय संचार माध्यममा निकै चर्चा पाएको थियो ।
अहिले फेरि यस्तै खालको समाचारले भारतीय संचार माध्यमहरुमा खुबै चर्चा पाएको छ । भारतको उत्तर प्रदेशस्थित अमरोहा नगरपालिकामा सफाइँ मजदुर अर्थात् स्विपर पदमा खुलेको विज्ञापनका लागि एमबीए तथा बिटेक उत्तीर्ण युवाहरुले समेत दरखास्त हालेका छन् ।
१ सय १४ जना स्विपरका लागि खुलेको आवेदनमा एमबीए, बि टेक सँगै अन्य विभिन्न विषयमा स्नातक र स्नातकोत्तर गरेका युवा युवतीहरुले मरिहत्ते गर्दै दरखास्त हालेका छन् ।
सफाई मजदुरको पदमा आवेदनका लागि कुनै शैक्षिक योग्यता तोकिएको थिएन । अर्थात् सामान्य साक्षरले पनि यसमा दरखास्त हाल्न पाउँथे । आवेदनको प्रक्रिया जारी रहँदा अहिलेसम्म १९ हजार जनाले दरखास्त हालिसकेका छन् र त्यसमध्ये ५ हजार आवेदन अपलोड पनि गरिसकिएको छ । दरखास्त हालिसकेका १९ हजार उमेद्धार मध्ये अधिकांस स्नातक तथा स्नातकोत्तर रहेका छन् ।
यो पदमा उत्तीर्ण हुनेले सडक, गल्ली तथा नाली सफा गर्नुपर्छ । उनीहरुले मासिक १७ हजार भारु तलब पाउँछन् । यद्यपि पछिल्लो समयमा वाल्मिकी समुदायका मानिसले यो पदमा आफुहरुलाई आरक्षण दिनुपर्ने भन्दै विरोध जनाएपछि भर्ना प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ । – एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment