पुनर्निर्माणको काम गर्दा गुणस्तरमा सम्झौता नगर्नुस्: प्रचण्ड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता कायम भएमात्र मुलुकमा आइपर्ने संकटको समाना गर्न सकिने बताएका छन्।   
 
राजधानीको शान्ति बाटिकामा शनिवार आयोजित १८ औं भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय पुनर्निर्माण महा–अभियानको शुभारम्भ कार्यक्रममा प्रचण्डले पुनर्निर्माण अभियानमा सरकारलाई सहयोग गर्न सबै दल एकताबद्ध हुनु पर्नेमा जोड दिएका हुन्। उनले भूकम्प आएका बेला आफूहरु प्रतिपक्षमै रहेपनि राष्ट्रिय एकता कायम गर्न पहलकदमी लिएको स्मरण गरे।
 
प्रचण्डले गुणस्तरमा कुनै पनि सम्झौता नगरेर पुनर्निर्माणको कामलाई तिब्ररुपमा बढाउनु पर्नेमा जोड दिए। उनले भने–‘नाकाबन्दीले पुनर्निर्माणमा सामान अभाव हुन सक्छ। त्यसले केही समस्या उत्पन्न हुनसक्छ। तर गुणस्तरमा भने सम्झौता गर्नु हुँदैन।’ 
 
उनले भने,‘भूकम्पपछि उत्पन्न संकट समाधान गर्न राष्ट्रिय एकताको पहलको लागि हामीले संकल्प गर्‍यौं ।यदि हामीले त्यो पहल नगरेको भए यो स्थितिमा हुने थिएनौं।’
 
प्रचण्डले बैशाख १२ पछि नयाँ निर्माणको सङ्कल्पका साथ दललरुवीच एकता कायम भएकाले मात्रै संविधान जारी हुन सकेको वताए। उनले भने,‘भूकम्प जाँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला देशबाहिर हुनुहुन्थ्यो। छिमेकी र मित्र राष्ट्रहरुले सहयोग गर्न उत्सुक्ता देखाएका थिए ।हामीले प्रतिपक्षको भूमिकाले होइन सत्ता पक्षकै भूमिका खेलेका हौ। यदि हामीले त्यसो नगरेको भए निकै खराव स्थितिमा हुने थियो।’
 
उनले भूकम्प पीडितका लागि संकलन गरिएको राहतमा नमिठा र लज्जास्पद कुरा पनि सुन्नमा आएको बताउँदै भूकम्प पीडितका निम्ति आएको राहतमाथि भ्रष्टाचार, कालाबजारी भएको प्रति दुःख व्यक्त गरेका थिए। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment