डिभोर्सका कस्ता कस्ता कारण

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Women

तपाइँले विवाहित जोडीको सम्बन्ध विच्छेदका विभिन्न बहाना तथा परिस्थिति र कारणहरुका बारेमा सुन्नुभएको होला । कतिपय अवस्थामा केटी पक्ष तलाकका लागि अघि बढ्छन् भने कतिपय अवस्थामा केटापक्ष । कहिले दाइजो, कहिले घरेलु हिंसा, कहिले दाम्पत्य सम्बन्धमा खटपट, परस्त्री तथा परपुरुष सँगको सम्बन्ध आदि कारणहरु डिभोर्सका मुख्य कारण बन्ने गरेका छन् । तर यसको अलावा केही यस्ता कारणहरु पनि छन् जो सामान्य त छैनन् नै निकै रोचक पनि छन् ।
· दुनियामा केही यस्ता मामिला पनि सार्वजनिक भएका छन् जहाँ एलर्जीको विषयलाई लिएर दम्पतीबीच तलाक भयो । कोही लोग्नेस्वास्नीलाई एक अर्काको पसिनाको गन्धको एलर्जी थियो भने कसैलाई आफ्नो पार्टनरले स्ट्रबरी खाने गर्दा एलर्जी हुन्थ्यो ।
· साथीहरुलाई धेरै उपहार दिएको निहुँमा पनि पति पत्नीबीच डिभोर्स हुने गरेको छ । हो, कहिलेकाहीँ मानिसहरुलाई आफ्नो पार्टनरले अरुसँग बढि नजिकको सम्बन्ध तथा व्यवहार गरेको मन पर्दैन र सोही कारण शंका उत्पन्न भई डिभोर्ससम्म पुग्दछ ।
· कसैले ट्वाइलेटमा दिसा गर्न निकै लामो समय लगाउँछन् । कसैले नुहाउनका लागि पनि निकै बेर गर्छन् । बाथरुममा घण्टौँ बिताउने पार्टनरको बानीका कारण मानिसहरु दिक्क त बन्छन् नै तर कहिलेकाहीँ यो बानी डिभोर्सको कारण पनि बन्दछ । यस्ता केही घटना समेत विश्वमा सार्वजनिक हुने गरेका छन् जहाँ पति पत्नीबीच बाथरुमको विषयलाई लिएर झगडा उत्पन्न भई त्यसले वैवाहिक जिवन नै अन्त्य गरिदियो ।
· कहिलेकाहीँ अन्तरंग सम्बन्ध पनि डिभोर्सको कारण बन्दछ । सम्भोगप्रतिको अति सक्रियता तथा उदासीनता दुबै डिभोर्सका कारक बन्न सक्छन् ।
· कहिलेकाहीँ यस्तो पनि हुन्छ जहाँ पति पत्नीले एक अर्कालाई वर्षौँदेखि लुकाउँदै आएको झुट अचानक एकदिन खुलासा हुन्छ । पूरानेा झुट भलै त्यो ठूलो किन नहोस् त्यसको खुलासा भएसँगै त्यसले आपसी सम्बन्धमा ठूलो दरार ल्याउन सक्छ र डिभोर्ससम्म डोराउन सक्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment