एकसिंगे गैंडामा रेडियो कलर जडान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ठाकुरद्वारा(बर्दिया)– बर्दिया राष्ट्रिय निकुन्ज नजिक रहेको शिव सामुदायिक वनमा आश्रयस्ल बनाएको गैंडामा मंगलबार रेडियोकलर जडान गरिएको छ।
gaida_jpg_11111111.jpg
गैंडालाई बेहोश बनाएर रेडियो कलर जडान गर्ने प्रबिधि सफल भएको निकुन्ज कार्यालय बताएको छ। जैविकमार्ग रहेका चार वटा गैंडा रेडियो कलर गर्ने सरकारको निर्णयअनुसार नै डल्ला भाले गैंडालाई रेडियो कलर जडान गरिएको हो।

गैंडालाई बेहोस बनाएर जडान गरिएको रेडियोकलर सफल भएको भएको डा. नरेश सबेदीले बताए। 'अजंगको गैंडालाई रेडियो कलर गर्ने काम चुनौतीपूर्ण हो,' उनले भने, 'निकुन्ज प्रशासनको सहयोग र दक्ष प्राबिधिक सहयोगले जडान गर्ने काम सफल भयो।' यसअघि पनि शिव सामुदायिक वनमा आश्रयस्थल बनाएर बसेको फागुन अन्तिममा ६ वर्षीय शिवु नामको गैंडामा निकुन्जका बिशेषज्ञसहितको प्राविधिक टोलीले रेडियो कलर जडान गरेको थियो।

सुबेदीका अनुसार गैंडाको मुभमेन्ट हेर्नको लागि जडान गरिने प्रविधिले गैंडाको बारेमा धेरै कुरा जान्न सकिन्छ। गैंडा बिषेशज्ञ डा. शान्तराज ज्ञवाली र बरिष्ठ चिकित्सक कमलप्रसाद गैरेसहितको प्राबिधिक टोलिले रेडियो कलर जडान गरेका हुन्।

भारत र नेपालबीच वन्यजन्तु आहोर–दोहोर गर्ने जैविक मार्गमा रहेका गैंडामा रेडियो कलर जडान भएपछि सो क्षेत्रमा गैंडाले गर्न सक्ने मानवीय नोक्सानीको अनुगमन गर्न सहज हुने निकुन्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment