बालुवाबाटारमा बन्यो सीमांकनबारे पाँचबुँदे प्रस्ताव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२ माघ, काठमाडौं । प्रमुख तीन दलले मधेसी मोर्चासामू सीमांकनबारे पाँचबुँदे प्रस्ताव अगाडि सारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा तीन दलीय कार्यदलले मधेसी मोर्चासँग अहिलेसम्म भएको वार्तार्बारे ब्रिफिङ गरेका छन् । बैठकले व्यवस्थापिका संसदको बैठक अघिसम्म मधेसी मोर्चासँग सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले भने- भोलिसम्म छलफल गरेर टुंगोमा पुग्ने कुरा भएको छ, ५ गतेभित्र सबै कुरा टुङ्ग्याउने र संशोधन पनि पास गर्ने भन्ने भएको छ ।
सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने र तीन महिनाभित्र निर्णय गर्ने तीन दलको प्रस्तावमा मधेसी मोर्चा सकारात्मक देखिएको छ । तर, टीओआरमा सहमति जुट्न बाँकी छ ।
तीन दलको बैठकले राजनीतिक संयन्त्र र टीओआर दुबैलाई संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेको छ । साथै राजनीतिक संयन्त्रको कार्यादेश (टीओआर) समेत प्रस्ताव गरेको छ ।
के छ प्रस्ताव ?
एक नेताका अनुसार तीन दलले तयार पारेको पाँचबुँदे प्रस्तावमा सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने पहिलो बुँदा छ । दोस्रो बुँदामा त्यस्तो संयन्त्रले तीन महिना भित्र निर्णय गर्ने उल्लेख छ । साथै आन्दोलनले उठाएको विषय र प्रदेशको समिांकनको सन्दर्भमा अहिलेसम्म भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामाग्रीका रुपमा लिने उल्लेख छ ।
चौथो बुँदामा राजनीतिक संयन्त्र र त्यसको टीओआरलाई संसदबाट अनुमोदन गर्ने तीन दलको प्रस्तावमा उल्लेख छ । पाँचौंबुँदामा सम्झौतामा हस्ताक्षरकर्ता दलहरु मिलेर संविधान संशोधन गर्ने उल्लेख रहेको बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।
बालुवाटार बैठकले तयार पारेको प्रस्ताव अनुसार कार्यदलले अब मधेसी मार्चासँग वार्ता गर्नेछ ।
२ माघ, काठमाडौं । प्रमुख तीन दलले मधेसी मोर्चासामू सीमांकनबारे पाँचबुँदे प्रस्ताव अगाडि सारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा तीन दलीय कार्यदलले मधेसी मोर्चासँग अहिलेसम्म भएको वार्तार्बारे ब्रिफिङ गरेका छन् । बैठकले व्यवस्थापिका संसदको बैठक अघिसम्म मधेसी मोर्चासँग सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले भने- भोलिसम्म छलफल गरेर टुंगोमा पुग्ने कुरा भएको छ, ५ गतेभित्र सबै कुरा टुङ्ग्याउने र संशोधन पनि पास गर्ने भन्ने भएको छ ।’
सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने र तीन महिनाभित्र निर्णय गर्ने तीन दलको प्रस्तावमा मधेसी मोर्चा सकारात्मक देखिएको छ । तर, टीओआरमा सहमति जुट्न बाँकी छ ।
तीन दलको बैठकले राजनीतिक संयन्त्र र टीओआर दुबैलाई संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेको छ । साथै राजनीतिक संयन्त्रको कार्यादेश (टीओआर) समेत प्रस्ताव गरेको छ ।
के छ प्रस्ताव ?
एक नेताका अनुसार तीन दलले तयार पारेको पाँचबुँदे प्रस्तावमा सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने पहिलो बुँदा छ । दोस्रो बुँदामा त्यस्तो संयन्त्रले तीन महिना भित्र निर्णय गर्ने उल्लेख छ । साथै आन्दोलनले उठाएको विषय र प्रदेशको समिांकनको सन्दर्भमा अहिलेसम्म भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामाग्रीका रुपमा लिने उल्लेख छ ।
चौथो बुँदामा राजनीतिक संयन्त्र र त्यसको टीओआरलाई संसदबाट अनुमोदन गर्ने तीन दलको प्रस्तावमा उल्लेख छ । पाँचौंबुँदामा सम्झौतामा हस्ताक्षरकर्ता दलहरु मिलेर संविधान संशोधन गर्ने उल्लेख रहेको बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।
बालुवाटार बैठकले तयार पारेको प्रस्ताव अनुसार कार्यदलले अब मधेसी मार्चासँग वार्ता गर्नेछ ।
- See more at: http://www.onlinekhabar.com/2016/01/375838/#sthash.5ek7wvHB.9sD5nKwf.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment