बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई प्रहरीको सम्मान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Nepal-police-Samman

१३ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता नेपाली टोलीलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय टीमका २३ जना खेलाडीहरु र ४ जना अफिसियललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खेलकूदको बिजयलाई सबै नेपालीले आफ्नो बिजय ठानेको बताए ।
मुलुक असहज परिस्थितिमा गुज्रेको अवस्थामा यो जितले नेपालीको मनमा निकै उत्साह जगाएको भन्दै अर्यालको भनाइ थियो ।
नेपाली खेलाडीलाई व्यावसायिक रुपमा खेल्नको लागि प्रोत्साहन गर्न सम्मान मात्र होइन, खेलाडीहरुको समृद्धितर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले खेलकुदको बिकास र समृद्धिका नेपाल प्रहरीको तर्फबाट सक्दो सहयोग गरिने बताए ।
उनले राष्ट्रिय खेलाडीहरुलाई नेपाल प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय टीमको खेलमा एम्बुलेन्स र चिकित्सक उपलब्ध गराउने जानकारी दिए ।
नेपाली राष्ट्रिय फुटबल टीमका क्याप्टेन बिराज महर्जनले छोटो अवधिमा टीम व्यवस्थित बनाउँदै आगामी दिनमा समेत नेपाल र नेपालीलाई खुशी दिलाउने प्रतिवद्धता व्यक्त गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment