भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२८ पुस, काठमाडौं । नेपालमा गत वैशाख १२ को
जस्तै ठूलो भूकम्पको जोखिम अझै रहेको एक अध्ययनले देखाएको छ ।
जमिनमूनिको चट्टान अझै पनि स्थिर नभइसकेकाले केहि वर्ष वा दशकभित्र ठूलो भूकम्प जाने
सम्भावना सोमबार प्रकाशित अध्ययन प्रतिवेदनले औंल्याएको हो ।
‘नेचर
जिओसाइन्स’ नामको जर्नलमा वैज्ञानिकहरुले
काठमाडौंको भूमि अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको दावी गरेका छन् । प्रमुख लेखक अक्सफोर्ड
युनिभर्सिटीका प्राध्यापक इलियटले गत वैशाखमा काठमाडौंको जमिनमूनिको फल्टलाइन
फुट्दा त्यसको असर माथिसम्म नपुगेको बताए ।
सामान्यतया
एक शताब्दीभित्र एकभन्दा बढी ठूलो भूकम्प नजाने मान्यता यहाँ लागू
नहुने उनको भनाइ छ । ‘त्यतिबेला भूमिगत चट्टान फट्दा
काठमाडौंको सतहबाट ११ किलोमिटर मुनीसम्म मात्रै चिरा परेको थियो,’ उनले लेखेका छन् ।
हालै
मात्र भूउपग्रहमार्फत खिचिएका ‘हाई रिजोलुसन’युक्त तस्वीरहरुले भूकम्पको सानो
परिमाणमात्र सतहसम्म पुगेको देखाएको छ । इलियट लेख्छन्, ‘अघिल्लोपटक नफुटेको माथिल्लो भाग अहिले निरन्तर दबावमा छ ।
यो सतहबाट धेरै नजिक भएकाले भविष्यमा फुट्यो भने काठमाडौंमा पहिलेभन्दा धेरै ठूलो हलचलको
जोखिम देखिन्छ ।’
अर्को
भूकम्प कहिले जान्छ भन्ने विषयमा चाहिँ ठोस अनुमान गर्न नसकिने इलियटको
भनाइ छ । ‘भूकम्पको पूर्वानुमान गर्ने कुनै विधी
नभएकाले पूर्व तयारी नै यसबाट बच्ने एक मात्र उपाय हो,’ उनले भने ।
नेपाल
दुईवटा टेक्टोनिक प्लेटहरुको बीचमा रहेको ठूलो फल्ट लाइनमा अवस्थित रहेको
वैज्ञानिकहरु बताउँछन् । भारतको जमिनमूनि रहेको दक्षिणतर्फको प्लेटले
प्रतिवर्ष दुई सेन्टिमिटरका दरले पूर्व र उत्तरतर्फ धक्का दिइरहेको
उनीहरुको भनाइ छ ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment