पर्यटकको आगमन बढाउन स्पष्ट नीतिको खाँचो – व्यवसायी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पर्यटन व्यवसायीहरुले पर्यटकको आगमन बढाउनका लागि अस्पष्ट नीतिहरु परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। श्रमिकका कारण पर्यटन क्षेत्रमा असर पर्न नहुनेगरी  नीतिहरु ल्याउनुपर्नेमा उनीहरुको जोड छ। 
 
नेपाल ट्रेकिङ्ग—ट्राभल्स—र्याफ्टििङ्ग—एयरलाइन्स मजदूर युनियनले आफ्नो दोस्रो प्रतिनिधि परिषदको अवसरमा शनिबार काठमाडौमा गरेको कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुको संख्या बढाउनका लागि सरकारले श्रमिकका कारण बन्द हड्ताल नहुने कुरा सुनिश्चित गरिदिनुपर्ने बताए।  
 
श्रमिकहरुले आफूखुशी बन्द हड्ताल गर्ने प्रवृत्ति रहेका कारण लगानी विस्तार गर्न आफूहरु हिच्किचाउनुपर्ने अवस्था रहेको उनको भनाई छ। 
 
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालले पर्यटक प्रबद्र्धनका लागि चीनको ल्हासाबाट पाठ सिक्नुपर्ने बताए। उनले  १० वर्ष पहिले ३ लाख ६० हजार पर्यटकले भ्रमण गरेको ल्हासामा गत वर्ष ९४ लाख ५८ हजार पर्यटक गएको भन्दै यहाँ पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्न सकिने बताए।  ‘त्यसका लागि नीतिगत अस्पष्टताहरु सच्याएर व्यवसायीहरुले कुनै किसिमको कठिनाइ झेल्नु नपर्ने अवस्था सिर्जना गरिनुपर्दछ’ उनले भने। 
 
ट्रेकिङ एजेण्ट्स एशोसिशयन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले आफूहरु श्रमिकका समस्या समाधानका लागि जहिलेसुकै तयार रहेको भन्दै माग सम्बोधन नभएको वहानामा श्रमिकहरुले बन्द हड्ताल गर्दा पर्यटकसामु नराम्रो सन्देश जाने र पर्यटन व्यवसायमा लामो समयसम्म नकारात्मक असर पर्ने बताए।
 
कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहेका नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विष्णु रिमालले बन्द हड्ताललाई श्रमिकको वाध्यताका रुपमा बुझ्न आग्रह गर्दै आफूहरु श्रमिकका समस्या वार्ताबाटै समाधान होस् भन्ने पक्षमा रहेको बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment