कालोबजारी गर्न राखिएका ६७ थान ग्याँस सिलिन्डरसहित एक जना पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


इनरुवा, ४ माघ - सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।

रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा रु तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको कालोबजारी गरेर रु छ हजार लिई बिक्रीवितरण गरिरहेका ट्रेर्डसका मेनेजर टङ्क कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कोइरालासँगै गङ्गा ट्रेडर्समा कालोबजारी गर्नका लागि राखिएका ६७ थान विभिन्न कम्पनीको ग्यास सिलिन्डर समेत बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो । कालोबजारी गरिरहेको गोप्य सूचनाका आधारमा कोइराला सहित ६७ थान सिलिन्डर बरामद गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment