'अपराधमुक्त भक्तपुर' अभियान सुरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ। 
 
आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ।
 
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसबारे जानकारी दिँदै आजदेखि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए। 
 
जिल्लाका प्रत्येक नाकाका प्रहरीसहितको टोली एलर्टमा रहने बताउँदै उनले कतै घटना घटेमा तत्कालै प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जानकारी दिए। 
 
परिषरले दिउँसोको समयमा साइकल गस्तीलाई व्यापक बनाएको बताउँदै उनले पर्यटकीय क्षेत्र, बैंक, वित्तीय संस्था रहेको क्षेत्र, मानिस बढी आवतजावत हुने क्षेत्र र विगतमा आपराधिक गतिविधि हुने क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको उल्लेख गरे। 
 
ट्राफिक प्रहरीसमेतको सहयोगमा चेक प्वाइन्टमा प्रहरीले राति ८ देखि १२ बजेसम्म शङ्कास्पद पैदलयात्री र सवारी साधनको चेक जाँच गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एवम् सवारी साधन चलाउनेलाई कारबाही तीव्र पार्ने, शङ्कास्पद व्यक्ति एवम् सवारी साधनको खानतलासी गर्ने र शङ्कास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भएको छ।रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment