‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ भण्डारीलाई

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रेस चौतारी कास्कीले ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार, २०७१’ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गर्ने भएको छ। 
 
प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र प्रेस चौतारीको संस्थागत विकासमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिन लागेको हो । प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ । 
 
विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका भण्डारी हाल पोखराबाट प्रकाशित ‘कास्की सन्देश साप्ताहिक’का सम्पादक हुनुहुन्छ । पुरस्कार प्रेस चौतारी नेपालको स्थापना दिवस माघ २२ गते प्रदान गरिने शाखाका अध्यक्ष माधव बरालले जानकारी दिए। 
 
उक्त पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, खेम सारु सम्मानित भइसकेका छन्। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment