मलाई पार्टी सभापति हुनबाट कुनै शक्तिले रोक्दैनः पौडेल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Ramchandra-Paudel,-Tanahu

१३ माघ, दमौली । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कुनै पनि हालतमा पार्टी सभापति भएरै छाड्ने दाबी गरेका छन् । पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा नकमाउने उनले स्पष्ट पारे ।

रिपोर्टस क्लब नेपाल तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैन ।’
महाधिवेशनमा संघीय संरचना अन्तर्गत पदहरु सिर्जना गरिने उनले जानकारी दिए । कांग्रेस उपसभापति पौडेलले कांग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले यसको कार्यान्वयन प्रक्रियालाई पनि पार्टीले नै अघि बढाउने बताए ।
मधेसी मोर्चाहरु असन्तुष्ट हुँदाहुँदै संविधान संशोधन गरियो नि के यसले निकास ल्याउला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा मधेसीका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment