भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
वीरगन्ज – मधेसी दलले गरेको अनिश्चितकालिन मधेश बन्द र नाकाबन्दीका कारण चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पूरा गर्न वीरगंज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय दुवै असफल भएका छन् । पाँच महिनामा भन्सार विभागले वीरगंज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहालाई दिएको लक्ष्यमा भन्सार कार्यालयलाई ३३ अर्बको घाटा लागेको छ भने सुख्खा बन्दरगाहालाई २ अर्बको घाटा लागेको छ । बन्द हडताल र नाकाबन्दीका कारण चालु आर्थिक वर्ष २०७२/०७३ को भदौ देखि पुष अन्तिम सम्म पाँच महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयलाई राजश्व संकलनमा ३३ अर्ब ३८ करोड ८२ लाख ३७ हजार रुपैयाँ घाटा भएको हो ।
भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाइ पाँच महिनाको अवधीमा ४० अर्ब ५२ करोड ९५ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । तर भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात सात अर्ब १४ करोड १३ लाख सात हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकारी सुशील शर्माले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुष महिनामा भने लक्ष्यको शुन्य दशमलव ४५ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । पुष महिना मात्रै भन्सार कार्यालयलाई आठ अर्ब २६ करोड ८२ लाख १३ हजार रुपैयाँ घाटा भएको हो । विभागले पुष महिनामा आठ अर्ब ३० करोड ५९ लाख नौ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले तीन करोड ७६ लाख ९६ हजार रुपैयाँमा मात्र संकलन गरेको छ ।
0 comments:
Post a Comment