के अब दक्षिण अमेरिकी महिलाले सन्तान जन्माउन नपाउने हुन् ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

woman with baby
  • जिका भाइरस संक्रमित बच्चा । तस्वीर: गेट्टी इमेज
१५ माघ, काठमाडौं । प्रशिद्ध अमेरिकी वैज्ञानिक स्टेफेन हकिन्सले अघिल्लो सातामात्रै मानव जातिलाई चेतावनी दिँदै भनेका थिए- ‘कि पृथ्वी ग्रहलाई छाड, या विलोपको सामना गर ।’
हकिन्सले पृथ्वीबाट मानव जाति विलोप हुन सक्ने खतरा त्यतिबेला औंल्याएका छन्, जतिखेर ब्राजिल लगायत दक्षिण अमेरिकामा जिका भाइरसको आतंक बढेको छ । यो भारइरसका कारण दक्षिण अमेरिकाका महिलाले सन्तान नै जन्माउन नसक्ने/नपाउने स्थिति आउन सक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिन थालेका छन् ।
जिका भाइरसबाट ब्राजिलमा हजारौंमाथि संक्रमण भइसकेको र २० देशमा यसको फैलावट हुन सक्ने अमेरिकी बैज्ञानिकहरुले खतरा औंल्याइरहेका बेला यो भाइरसका कारण मानव जातिका लागि सन्तान उत्पादनमै नकारात्मक असर पर्ने सक्ने देखिएको छ । किनकि यो भाइरसले गर्भवती महिलामाथि आक्रमण गर्छ र ऊनीबाट जन्मने सन्तानको मस्तिष्क विकसित हुन पाउँदैन र टाउको सानो भएका बच्चा जन्मन्छन् ।
ब्राजिलका कैयौं बच्चाहरु मस्तिष्क विकसित नभएको अवस्थामा जन्मन थालेका छन् । यही अवस्था रही रहे दक्षिण अमेरिकामा सन्तान उत्पादन नै संकटमा पर्ने र मानव विकासमा रोकावट आउने खतरा विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले औंल्याउन थालेका छन् ।
mosquito
लामखुट्टेको माध्यमबाट एक अर्कामा सर्ने जिका भाइरसको औषघि पत्ता लाग्न दुई वर्ष लाग्ने अनुमान गरिएको छ । तर, यो अवधिसम्म जिका भाइरस २० भन्दा बढी मुलुकमा फैलिइसक्ने खतरा विज्ञहरुले औंल्याएको अवस्था छ ।
सन् १९४७ मै युगान्डामा पत्तो लागेको यो भाइरस सन् १९७७/७८ तिर पाकिस्तान, मलेसिया र इण्डोनेसियामा देखा परेको थियो । २०१३ मा यो. फ्रान्समा देखापर्‍यो । २०१५ बाट यो ब्राजिलमा देखा परेको हो । र, यो भाइरस संयुक्त राज्य अमेरिकामा समेत प्रवेश गर्ने खतरा रहेकाले अमेरिकी राष्ट्रपति बाराक आबामाले समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।
अफि्रकाबाट फैलिएको इबोला भाइरस भन्दा जिकालाई खतरनाक मानिएको छ । यसको संक्रमणबाट मानिसको जैविक विकासमाथि नै आक्रमण हुने भएकाले यो खतरनाक मानिएको हो ।
पछिल्लो समयमा पृथ्वीमा मानव जनसंख्या बढ्दै जाने क्रमसँगै प्राकृतिक एवं जैविक विविधतामा नकारात्मक प्रभाव पर्दै गएको र मानव जातिको अस्थित्वमाथि नै संकट पर्न सक्ने चिन्ता गर्न थालिएको छ । यस्तै अवस्था रहिरहे मानव जातिलाई बचाउन या त अर्को ग्रहको खोजी गर्नु पर्ने वा विलोप हुन बच्नका लागि यसको सामना गर्नेपर्ने निश्कर्ष हालै हकिन्सले सार्वजनिक गरेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment