भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि एक शून्यको अग्रता लिएको छ।
नेपालका लागि खेलको नवयुग श्रेष्ठले गोल गरे।
बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा हुने खेलमा साँझ ५ः१५ बजे दुवै टोली भिड्नेछन् । नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह ‘बी’ को विजेता हो ।
समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो । त्यतिबेला विमल घर्ती मगरले गोल गरेका थिए । जारी प्रतियोगितामा गोल नखाने एउटा मात्र राष्ट्र नेपाल हो ।
नेपालले माल्दिभ्सलाई हराउन भने त्यति सजिलो छैन। समूह चरणको खेलमा माल्दिभ्सले कम्बोडियालाई ३–२ तथा बङ्गलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने बहराइनसँग एक/एक गोलको बराबरीमा खेलेको थियो।
त्यस्तै नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलेको थियो ।
यसअघि नेपाल र माल्दिभ्स छ पटक आमनेसामने भएका छन्, जसमा नेपालले दुई खेल बराबरी खेलको थियो भने बाँकी चार खेल माल्दिभ्सको पक्षमा रहेको छ ।
त्यसैगरी यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बहराइन बङ्गलादेशको राष्ट्रिय टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा आज हुने खेलमा विजेता टोलीले फाइनलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । रासस
0 comments:
Post a Comment