भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
ऋतिक रोशन अभिनित पछिल्लो फिल्म ‘मोहन जोदडो’को टिभि राइट ४५ करोड भारुमा बिक्रि भएको छ । यसअघि यति महँगो मुल्य तीन खानका अलावा अभिताभ बच्चन र अजय देवगनका फिल्मले मात्र पाएका थिए ।
यसअघि अक्षय कुमारको फिल्मले अधिकमत २० करोड पाएको छ भने अन्य ठूला स्टारका फिल्मले अधिकतम १५ करोड भारु पाएका थिए ।
एक भारतीय सञ्चारमाध्यमका अनुसार जुन च्यानलले ऋतिकको फिल्म यति महँगो मुल्यमा किनेको छ अब सोही कम्पनिले नै ऋतिकका फिल्महरुको स्योटलाइट टिभि अधिकार किन्नेछ । ऋतिकका फिल्मको टिभि अधिकार सम्झौता हुँदा सिधै ऋतिकसँग नै हुनेछ । सर्तमा यो पनि भनिएको छ, मोहन जोदडो आमिरको ‘पीके’ या सलमानको ‘बजरंगी भाइजान’ को बराबरीमा आयो या रेकर्ड तोड्यो भने यसको मुल्य ४५ करोडबाट पनि बढ्नेछ ।
यस सम्झौतासँगै ऋतिकका आगामी फिल्महरुको पनि मुल्य बढ्ने बलिउड ट्रेड विश्लेषकहरुले आँकलन गरेका छन् ।
यशराज फिल्म्सको ब्यानरमा निर्मित मोहन जोदडोबाट ऋतिकले आम्दानीको हिस्सा लिने सर्तमा अभिनय गरेका हुन् ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment