पर्यटन बोर्डमा टोनी हेगनका पुराना फोटो प्रर्दशनी सुरू

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Toni Haegen Kathmandu 4

२२ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ६५ वर्ष पुराना फोटो प्रर्दशनी सुरु भएको छ । स्वीजरल्यान्डका टोनी हेगनले सन् १९५० देखि १९८० को दशकसम्म काठमाडौं उपत्यका र बाहिर खिचेका फोटोहरु प्रर्दशनीमा राखिएको छ ।
फोटोमार्फत मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले फोटो प्रर्दशनी सुरु गरेको हो । हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार, शनिबार र आइतबार विभिन्न फोटोग्राफरले खिचेका नेपाल झल्काउने फोटोहरु प्रर्दशनी गरिने बोर्डका अधिकृत सुदन सुवेदीले जानकारी दिए ।
भूगर्वशास्त्री हेगनले नेपालमा १४ हजार किलोमिटर हिँडेर यात्रा गरेका थिए । सोही अवसरमा विभिन्न ठाउँमा खिचेका फोटोहरु प्रर्दशनीमा राखिएको हो । फोटोहरु मानिसलाई आधा शताब्दी अगाडिको परिवेश झल्को दिने खालका छन् ।

Toni Haegen Kathmandu 2

प्रर्दशनीको हेगनकी छोरी क्याटि्रनो हेगनले उद्घाटन गर्नेछिन् । ‘मुलुकको पर्यटन प्रवर्द्धन गर्न फोटोको ठूलो भूमिका हुन्छन्’ सुवेदीले भने- ‘फोटोमार्फत नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराई स्वदेशी तथा विदेशी पर्यटकलाई घुम्न प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’
टोनी हेगनको ट्राभल फोटोग्राफी हेा । उनले गोरखा दक्षिणबाहु र मानार्थ नेपाली सम्मान पाइसकेका छन् ।

Toni Haegen Kathmandu 3

Toni Haegen Kathmandu

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment