सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रधानमन्त्रीसँग प्रचण्डले छलफल गर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

उपाध्यक्ष श्रेष्ठको राजीनामा फिर्ता
Maoist-Ministers-meeting-with-party-Leaders
सरकारको समिक्षा गर्न बसेको एमाओवादी नेताहरुको बैठक

१४ माघ, काठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको छ । एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि जनअपेक्षाअनुसारको काम गर्न निर्देशन दिएको छ ।
पार्टीको तर्फबाट सरकारमा सहभागी आफ्ना मन्त्रीहरुसहित बसेको एमाओवादी स्थायी समिति बैठकले अहिलेसम्म भएको अनुभवको आधारमा सरकारको काम चुस्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘सिंगो सरकारको कामलाई पनि अझ सच्याउनुपर्ने, प्रभावकारी बनाउनुपर्ने र परिणाममुखी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।’
प्रधानमन्त्रीसँग छलफल गर्ने
त्यसको निम्ति पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘पार्टीको तर्फबाट अध्यक्ष कमरेडले नै सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्री ज्यूसँग यसबारेमा गम्भीर छलफल गर्ने र सरकारको कामलाई अहिलेसम्मको अनुभवको आधारमा कसरी सच्याउने र प्रभावकारी बनाउने भन्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुको कामप्रति पनि असन्तुष्टि जनाएको छ । आवधिक कार्ययोजनासहित परिणाममुखी बनाउन एमाओवादीले आफ्ना मन्त्रीहरुलाई निर्देशनसमेत दिएको छ ।
‘अहिले पूर्णरुपमा सन्तुष्ट हुने स्थिति भैनसकेको र परिणाम दिनलाई अझै बढी काम गर्नुछ भन्ने निष्कर्ष बैठकले निकाल्यो,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पहिलाको भन्दा गुणस्तरीय र समन्वयात्मक ढंगबाट काम अघि बढाउन सबै मन्त्रीहरुलाई स्थायी समितिले निर्देशन दिएको छ ।’
अबको कामलाई प्रभावकारी र परिमाणमुखी बनाउन यस अबधिमा भएका कामका नकारात्मक पक्ष र कमजोरीहरुबाट पनि शिक्षा लिँदै अगाडि बढ्ने उनले बताए ।
त्यसका लागि सरकारमा सामेल भएका र समर्थन गर्ने पार्टीहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक छिटो बसाल्ने र जनअपेक्षाअनुसार कसरी काम गर्ने भन्नेबारे निर्णय गर्ने एमाओवादी बैठकको निष्कर्ष छ ।
श्रेष्ठको राजीनामा फिर्ता
Narayan Kaji Shrestha (6)
मन्त्रीहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै ‘सरकार सन्चालन सहयोग तथा समन्वय समिति’को संयोजकबाट दिएको राजीनामा श्रेष्ठले फिर्ता लिएका छन् । उनले यसअघि नै अध्यक्ष प्रचण्ड समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत भएको थिएन ।
‘स्थायी समितिको अनुरोधलाई स्वीकार गर्दै मैले राजीनामा अहिले फिर्ता लिएको छु र मेरै नेतृत्वको सरकार सन्चालन सहयोग तथा समन्वय समितिले नै कामलाई निरन्तरता दिने छ,’ बैठकपछि श्रेष्ठले सन्चारकर्मीसँग भने ।
कांग्रेसलाई सरकारमा सहभागी गराउनेबारे सनचारकर्मीको जिज्ञासामा श्रेष्ठले भने, ‘कांग्रेस अहिले महाधिवेशनमा लागेको छ । त्यसैले अहिले त्योबारेमा हामीले मात्रै सोचेर हुनेवाला छैन 




भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment