गृहमन्त्रीले भने- रंगेली घटनाबारे न्यायिक आयोग गठन हुन्न

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


गृहमन्त्री शक्ति बस्नेतले रंगेली घटनामा प्रहरीले वाध्य भएर गोली चलाउनुपरेको भन्दै घटनाको छानविनका लागि न्यायिक आयोग गठन नगर्ने बताएका छन्।
गृहमन्त्री बस्नेतले बिहिबार विराटनगरका सञ्चारकर्मीहरुसँग विराटनगर विमानस्थलमा संक्षिप्त कुरा गर्दै प्रहरीले स्थितिलाई नियन्त्रण बाहिर जान नदिन अन्तिम विकल्पको रूपमा गोली चलाएको भन्दै सरकारले घटनाको छानविनका लागि न्यायिक आयोग गठन नगर्ने बताए।
उनले आयोग गठनका बारेमा सरकारको ध्यानाकर्षण गराइएपनि आयोग गठन गर्ने  सरकारको सोच नरहेको बताए। उनले मधेशवादी दलहरुमाथि वार्ताबाट समस्याको समाधान खोज्न इमान्दार नभएको आरोप पनि लगाए।
गृहमन्त्री बस्नेतले मधेशवादी दलहरुको माग अनुसार नै संविधान संशोधन भएको र सीमांकन हेरफेरका विषयमा पनि राजनीतिक संयन्त्रमार्फत विवाद् टुंग्याउने समझदारी भइसकेकाले अब आन्दोलनको औचित्य नरहेको बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment