कांग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुनेः बिजुक्छे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काँग्रेसको नेतृत्वमा सरकार गठन हुने
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुने बताएका छन्। रफत सञ्चार क्लबले बिहिबार भक्तपुरमा गरेको साक्षात्कारमा नेमकिपाका अध्यक्ष विजक्छेले नेपाली कांग्रेसको महाधिवेशन पछि  काँग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए। उनले काँग्रेसले एमाओवादी र मधेशवादी दललाई सहभागी गराएर सरकार बनाउने बताए।
कांग्रेसको महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ। नेमकिपाका अध्यक्ष विजुक्छेले प्रमुख राजनीतिक दलहरुले भारतको दवाबमा संविधान संशोधन गरेको भन्दै भारतले इशारा नगरेसम्म मधेशवादी दलहरूले आन्दोलन फिर्ता नलिने बताए। उनले राज्यको ढुकुटीबाट तलब खाने राजनीतिक तथा प्रशासनिक तहका करिब २२ हजार व्यक्तिले नेपालका सम्पूर्ण सूचना भारतलाई उपलब्ध गराउने गरेको दाबी समेत गरे।





भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment