संसदमा लक्ष्मणलालको प्रश्न : जब-जब निर्णायक वार्ता हुनलाग्छ सरकारले किन गोली चलाउँछ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

  • गौर र टीकापुर घटना दोहोर्‍याउने हल्ला कसले चलायो : सुनुवार
  • 'यसरी नै गोली चलाउने हो भने हामी वार्तामा बस्दैनाैं'

  • माघ ८, २०७२- 'यसरी नै गोली चलाउने हो भने हामी वार्तामा बस्दैनाैं'
    आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संसद्मा बोल्दै जब जब निर्णायक वार्ता हुनलाग्छ, तब तब सरकारले आन्दोलनकारीमाथि गोली चलाउने गरेको आरोप लगाएका छन् ।

    ‘जब जब निर्णायक वार्ता हुनलाग्छ, सरकारले किन ताकी ताकी गोली चलाउँछ । सप्तरीमा त्यस्तै भयो, वीरगञ्जमा त्यस्तै भयो हिजो रंगेलीमा पनि त्यस्तै भयो । सरकारको उद्देश्य के हो ?’ उनले भने । उनले रंगेलीमा प्रहरीले ताकी ताकी गोली हानेको पनि बताए । ‘शान्तिपूर्ण कार्यक्रममा सरकारले यसरी दम गर्ने हो भने हामी वार्तामा बस्दैनौं, वार्ता गर्नुको कुनै औचीत्य रहदैन,’ उनले भने ।

    मोर्चा नेता एवं सद्भावना उपाध्यक्ष कर्णले बोलेपछि मधेसी मोर्चाका सांसद्हरुले आजको बैठक बहिष्कार गरे ।

    मोर्चाले बहिष्कार गरे पनि संसद् भने जारी छ । शुन्य समयमा सांसद्हरुले हिजोको रंगेली घटना बारे सरकारसँग जवाफ मागिरहेका छन् ।
    गौर र टीकापुर घटना दोहोर्‍याउने हल्ला कसले चलायो : एमाले सांसद् सुनुवार
    शुन्य समयमा बोल्दै एमाले सांसद् यज्ञराज सुनुवारले युवा संघले गर्न लागेको शान्तिपूर्ण कार्यक्रमलाई मधेसी मोर्चाले बिथोल्नु जाजय नभएको बताए । ‘कसैलाई शान्तिपूर्ण कार्यक्रम गर्न दिन्न भन्न पाइदैन,’ उनले भने ।




    भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

    SHARE

    Admin

    • Image
    • Image
    • Image
    • Image
    • Image
      Blogger Comment
      Facebook Comment

    0 comments:

    Post a Comment