रंगेली घटनाप्रति भारत देखि प्रचण्डसम्मको यस्तो चासो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, ८ माघ । मोरङको विराटनगरस्थित रंगेली घटनाप्रति भारतले चासो व्यक्त गर्दै राजनीतिक समाधान आवश्यक रहेको बताएको छ ।
युवा संघ नेपालले आयोजना गरेको सभा विथोल्ने मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपका क्रममा बिहीबार प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएको थियो ।
vikash sworup

उक्त घटनाप्रति भारतले चासो र चिन्ता व्यक्त गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन् । साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै राजनीति समाधान आवश्यक रहेको बताएका छन् । 
यस्तै प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले रंगेली घटनाले साम्प्रदायीक रुप नलिओस् भनेर आफूहरु सचेत रहेको प्रतिक्रिया दिएका छन् ।
prachanda

आन्दोलनर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता भइरहेको सहमति हुने विश्वास दिलाएका उनले शनिबार संविधान संशोधन विधेयक पारित गर्ने प्रयास भइहेको जानकारी दिए । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment